• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

२०८३ साउन १४ गते बिहीबार, यस्तो छ आजको राशिफल

२०८३ साउन १४ गते बिहीबार, यस्तो छ आजको राशिफल

काठमाडौँ । २०८३ साउन १४ गते बिहीबार, तदनुसार ३० जुलाइ २०२६ । यस्ताे छ आजकाे राशिफलः
मेष
नयाँ कार्यको थालनी गर्दा सफलता मिल्नेछ भने रोकिएका कामहरू पनि सहजै सम्पन्न हुनेछन् । प्रेम सम्बन्धमा पनि माधुर्यता छाउनेछ । आजको दिन उत्साहजनक रहनेछ ।

वृष
पारिवारिक जमघटमा समय बित्नेछ । आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ । व्यावसायिक कामको सिलसिलामा छोटो यात्रा हुन सक्छ । आर्थिक कारोबारमा केही सावधानी अपनाउनुहोला ।

मिथुन
व्यापार व्यवसायबाट राम्रो लाभ मिल्ने योग छ । बौद्धिक कार्यमा सफलता हात पर्नेछ । विद्यार्थी वर्गको लागि आजको दिन विशेष फलदायी मानिएको छ । विभिन्न अवसरहरू प्राप्त हुनेछन् ।

कर्कट
अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक संयमता अपनाउनुहोला । साँझपख कुनै शुभ समाचार सुन्न पाइने सम्भावना छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला ।

सिंह
इष्टमित्रबाट आवश्यक सहयोग प्राप्त हुनेछ र समाजमा मानसम्मान बढ्ने योग छ । रोकिएका सरकारी कामहरू आज अगाडि बढ्न सक्छन् । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।

कन्या
छोटो दुरीको लाभदायक यात्रा हुने सम्भावना रहेको छ । नयाँ लगानी वा ठूला निर्णयका लागि भने समय त्यति अनुकूल देखिँदैन । कामको चाप केही बढ्नेछ तर मिहिनेतको फल राम्रो मिल्नेछ ।

तुला
सामाजिक तथा परोपकारी कार्यमा सहभागिता जनाउने अवसर मिल्नेछ । तर्कशक्तिमा वृद्धि हुनेछ । जीवनसाथीको सल्लाह लिएर काम गर्दा थप सफलता हात पर्नेछ । बोलीको प्रभाव बढ्नेछ ।

वृश्चिक
पारिवारिक वादविवादबाट टाढै रहनुहोला । मनमा शान्ति ल्याउन ध्यान तथा योगमा समय दिनुहोला । आवेगात्मक निर्णयले पछि पछुतो हुन सक्छ, धैर्य धारण गरी पाइला चाल्नु उत्तम हुनेछ ।

धनु
दाम्पत्य जीवन सुखमय बित्नेछ भने रोकिएका अधुरा कामहरू पुनः सुचारु हुनेछन् । सन्तानको तर्फबाट कुनै खुशीको खबर प्राप्त हुन सक्छ । आकस्मिक धनलाभको सम्भावना छ ।

मकर
नयाँ तथा विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ जसले भविष्यमा फाइदा पुर्याउनेछ । रोजगारीको खोजीमा रहेकाहरूले आज राम्रो अवसर पाउन सक्छन् । वैदेशिक कार्य वा टाढाको यात्राको योग छ ।

कुम्भ
कला, साहित्य तथा मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ र समय रमाइलोसँग बित्नेछ । साथीभाइहरूसँगको रमाइलो भेटघाटले दिन ऊर्जाशील बन्नेछ । रचनात्मक तथा सिर्जनात्मक काममा मन जानेछ ।

मीन
धार्मिक तथा परोपकारी कार्यमा सहभागी भइनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउन मद्दत गर्नेछ । आजको दिन घरजग्गा वा सवारीसाधन खरिदको लागि पनि शुभ रहेको छ । मनमा शान्ति र आनन्द छाउनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १४, बिहीबार ०७:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP