• २०८३ असार ३१ | Wed, 15 Jul 2026

०८२ साल माघ २५ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

०८२ साल माघ २५ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

काठमाडाैँ । ०८२ साल माघ २५ गते आइतबार तदनुसार ८ फेब्रुवरी २०२६ । सप्तमी तिथी ५७ घडी २४ पला उप्रान्त अष्टमी तिथी प्रारम्भ हुनेछ । स्वाती नक्षत्र ५८ घडी ८ पला उप्रान्त बिशाषा नक्षत्र प्रारम्भ हुनेछ । गण्ड योग भर करण आज बिहान सूर्योदय ६:४९ मा र सूर्यास्त साँझ ५:४८ मा हुनेछ । आज आइतबार चन्द्रमा तुला राशिमा ।

मेष
न्यायिक कार्यमा सफलता पाइने योग छ । पराक्रममा वृद्धि भएर जानेछ। व्यापार व्यवसायमा सफलता पाइने देखिन्छ । धार्मिक क्षेत्रमा समय व्यतित बाहिर जानेछ । लेखन शैलीमा तीव्रता आउनेछ। पारिवारिक सरसहयोग प्राप्त हुने देखिन्छ ।

बृष
पारिवारिक कलह बढेर जानेछ । व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने योग छ। आयआर्जनमा कमी आउने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। अनावश्यक खर्च बढेर जानेछ।

मिथुन
साथीभाइमा कलह बढेर जानेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। विश्वास गरेका आफन्तबाट धोका पाइनुका साथसाथै शारीरिक आलस्यताले गर्दा काममा समेत बाधा हुने योग छ।

कर्कट
आर्थिक क्षेत्रमा सुधार भएर जानेछ । माङ्गलिक कार्यमा सहभागी भइनेछ। पठनपाठनमा सफलता प्राप्त हुनुका साथसाथै कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । प्रेम गर्ने अवसर जुट्नेछ।

सिँह
अधुरा कामहरू पूरा भएर जानेछन् । शैक्षिक क्षेत्रमा सुधार भएर जानेछन् । जग्गा जमिनसम्बन्धी कामबाट मनग्य लाभ लिन सकिने योग छ।

कन्या
जागिरमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ। विश्वास गरेका जनहरुबाट धोका पाइने योग छ। आकस्मिकरुपमा पारिवारिक समस्याले सताउने देखिन्छ ।सञ्चित धनको नाश हुने योग छ।

तुला
पराक्रममा वृद्धि भएर जानेछ । सामाजिक काममा समय व्यतीत भएर जाने देखिन्छ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिने योग छ। सौन्दर्यतामा मन जाने देखिन्छ । लेखन शैलीमा तीव्रता आउनुका साथसाथै प्रेम गर्ने अवसर जुट्नेछ ।

बृश्चिक
पठनपाठनमा कमी आउने देखिन्छ। थोरै कुरामा कलह बढेर जानेछ। व्यापार व्यवसायमा अस्थिरता आउने योग छ। पैत्रिक सम्पत्तिको विषयलाई लिएर परिवारमा वादविवादको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जानेछ।

धन
राजनीतिक कार्यमा सफलता पाइने योग छ। दाजुभाइबाट सरसहयोग प्राप्त हुने देखिन्छ। व्यापार व्यवसायमा वृद्धि भएर जानेछ। नयाँ कार्यको थालनीसमेत हुनाले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ। हराएको धनमाल भेट्टाउन सक्ने सम्भावना बढेर गएको छ।

मकर
आँखासम्बन्धी समस्याले सताउने योग छ। बोलीमा कठोरता आउने देखिन्छ। कुरा काट्नेहरु सक्रिय रहनेछन् । जागिरमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला।

कुम्भ
काममा ढिला सुस्ती भएर जानेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। श्रीमान श्रीमतीबीच मनमुटाबको सिर्जना हुने योग छ।

मीन
व्यापार व्यवसायमा सफलता पाइने योग छ। भौतिक साधन खरिद गरिनुका साथसाथै स्वास्थ्यमा सुधार भएर जानेछ। नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह उमङ्ग बन्नुका साथसाथै काममा थप हौसला मिल्ने देखिन्छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २५, आईतवार ००:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP