• २०८३ भाद्र २० | Sat, 05 Sep 2026

२०८२ पौष १६ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

२०८२ पौष १६ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

बनेपा । २०८२ साल पौष १६ गते बुधबार तदनुसार ३१ डिसेम्बर २०२५ । द्वादशी तिथी ४० घडी १२ पला उप्रान्त त्रयोदशी तिथी प्रारम्भ हुनेछ। कृतिका नक्षत्र ४१ घडी १५ पला उप्रान्त रोहिणी नक्षत्र प्रारम्भ हुनेछ । साद्व योग बयब करण आज बिहान सूर्योदय ६:५६ मा भयो भने सूर्यास्त साँझ ५:१८ मा हुनेछ । आज बुधबार चन्द्रमा बृष राशिमा ।

मेष राशि
अनावश्यकरूपमा चिन्ता बढेर जानेछ। सानो कुरामा पनि परिवारमा वादविवाद बढेर जाने देखिन्छ। खर्चको मात्रा बढेर जानेछ। सञ्चित धनको नाश हुनुका साथै विद्यामा समेत बाधा आउने योग छ।

वृष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। बोलीमा आएको परिवर्तनले सबैको प्यारो बनिने देखिन्छ।

मिथुन राशि
पैत्रिक सम्पत्तिमा वादविवाद बढेर जानेछ। सवारी साधन खरिद गरिन सक्ने सम्भावना बढेर गएको छ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ।

कर्कट राशि
बोलीको प्रभाव बढेर गएको छ । जग्गा जमिनसम्बन्धी कामबाट मनज्ञ लाभ लिन सकिने योग छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। बोलीमा मिठास छाउने देखिन्छ।

सिंह राशि
लामो दूरीको यात्राको अवसर जुट्ने देखिन्छ । नयाँ कार्यको थालनी हुने योग छ। मिष्ठान्न भोजनको अवसर मिल्ने देखिन्छ। लेखनशैलीमा तीव्रता आउने योग छ। प्रेम गर्ने अवसर मिल्नेछ।

कन्या राशि
अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानेछ। पारिवारिक कलह बढेर जाने देखिन्छ। आर्थिक लेनदेनमा विवाद बढ्ने योग छ। साझेदारी काममा विवाद आउनाले मनमा चिन्ता बढेर जानेछ।

तुला राशि
आयमा वृद्धि भएर जानेछ। नयाँ साथीको आगमनले काममा थप हौसला बढेर जानेछ। पठनपाठनमा सफलता पाइने योग छ। बोलीमा माधुर्यता छाउनेछ। भोजभतेरमा सहभागी भइनेछ।

वृश्चिक राशि
धर्मकर्मतर्फ मन जानेछ । आकस्मिकरुपमा फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। श्रीमान श्रीमतीबीच माधुर्यता छाउनेछ। बोलीमा आएको मिठासले सबैको प्यारो बनिनेछ।

धनु राशि
चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेतन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।

मकर राशि
पारिवारिक सर सहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। प्रेमीप्रेमिकाबीच माधुर्यता छाउनेछ। पुराना कामहरु पुनः शुभारम्भ हुनुका साथै लेखन शैलीमा तीव्रता आउनेछ।

कुम्भ राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । पैत्रिक सम्पत्तिमा वृद्धि भएर जाने योग छ।

मीन राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिने देखिन्छ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १६, बुधबार ०१:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP