• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

०८२ साल फागुन १ गते शुक्रबारः यस्ताे छ आजकाे राशिफल

०८२ साल फागुन १ गते शुक्रबारः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । ०८२ साल फागुन १ गते शुक्रबार तदनुसार १३ फेब्रुवरि २०२६ । एकादशी तिथी १८ घडी ०७ पला उप्रान्त द्वादशी तिथी प्रारम्भ हुनेछ । मुल नक्षत्र २३ घडी २६ पला उप्रान्त पूर्वषाढा नक्षत्र प्रारम्भ हुनेछ । बज्र योग कौलव करण आज बिहान सूर्योदय ६:४५ मा र सूर्यास्त साँझ ५:५२ मा हुनेछ । आज शुक्रबार चन्द्रमा धनु राशिमा ।

मेष
जागिरमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । बोलीमा कठोरता आउनेछ। दाजुभाइमा मनमुटावको सृजना हुने देखिन्छ । आयमा कमी आउनुका साथसाथै पठनपाठनमा समेत असफलता प्राप्त हुनाले मनमा चिन्ता बढेर जानेछ।

बृष
बाेलीको प्रभाव बढेर जानेछ। नयाँ कार्यको थालनी हुनेछ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। वैदेशिक कार्यबाट मनग्य लाभ लिन सकिनेछ।

मिथुन
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । राेकिएका कामहरू पूरा भएर जानेछन् । आफन्तको सहयोगले कार्यमा थप हौसला बढेर जाने देखिन्छ । जागिरमा पदोन्नतीको सम्भावना बढेर गएको छ।

कर्कट
न्यायिक काममा बाधा आउने देखिन्छ । नशासम्बन्धी समस्याले नसताउला भन्न सकिँदैन ।अनावश्यक वादविवाद बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। परिवारमा कलह बढेर जानेछ । सजगताका साथ अगाडि बढ्नुहोला।

सिह
पराक्रममा कमी आउने देखिन्छ । लेखन शैलीमा ह्रास आउनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ । धनमाल हराउन सक्नेछ।

कन्या
सामाजिक काममा समय व्यतीत भएर जानेछ। लेखन शैलीमा तीव्रता आउनेछ। बोलीमा मिठा छाउनेछ। वैदेशिक कार्यबाट मनग्य लाभ लिन सकिने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नाले सबैको प्यारो र विश्वासिलो भइनेछ।

तुला
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। साथीभाइको साथ सहयोग प्राप्त हुनाले मनमा उत्साह उमङ्ग बढेर जानुका साथसाथै सबैको प्यारो बनिनेछ।

बृश्चिक
आयमा कमी आउने देखिन्छ । बोलीमा कठोरता आउनेछ। सञ्चित धनको नाश हुने योग छ। पारिवारिक कलह बढेर जानुका साथसाथै अनावश्यक खर्चको मात्रा बढेर जाने देखिन्छ । सजगता अपनाउनु पर्नेछ।

धन
आफन्तको सहयोगले अधुरा कामहरू पूरा भएर जानेछन् । पठनपाठनमा सफलता पाइने योग छ। तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। कृषि तथा चौपायाबाट लाभ मिल्नाले मनमा खुसी छाउनेछ।

मकर
जग्गा जमिन सम्बन्धी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ दाजुभाइमा थोरै कुरामा पनि विवाद बढेर जानेछ। आकस्मिक रुपमा खर्चको मात्रा बढेर जानुका साथसाथै स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला।

कुम्भ
नयाँ कार्यको थालनी हुनेछ । पठनपाठनमा सुधार भएर जाने देखिन्छ। जागिरमा पदोन्नतिको सम्भावना प्रबल मात्रामा बढेर गएको छ। तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नाले सबैको विश्वासिलो र प्यारो भइनेछ।

मीन
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । कार्यमा बाधा आएमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। व्यापार व्यवसायमा घाटा भएर जाने योग छ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १, शुक्रबार ००:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP