बनेपा । २०८२ साल मार्ग ८ गते सोमबार तदनुसार २४ नोभेम्बर २०२५ । चतुर्थी तिथी २९ घडी ३९ पला पञ्चमी तिथी प्रारम्भ हुनेछ। पूर्वषाढा नक्षत्र ३३ घडी ५० पला उप्रान्त उत्तरषाढा नक्षत्र प्रारम्भ हुनेछ । शुल योग बयब करण आज बिहान सूर्योदय ६:३३ मा भयो भने सूर्यास्त साँझ ५:७ मा हुनेछ । आज सोमबार चन्द्रमा धनु राशिमा
मेष राशि
बोलीको प्रभाव बढेर जानेछ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ। मातृ स्वास्थ्यमा सुधार आउनुका साथै शैक्षिक कार्यमा प्रगति भएर जानेछ।
वृष राशि
पराक्रम बढेर जानेछन् । दाजुभाइमा माधुर्यता छाउने छ। धनमाल जोडिन सक्ने सम्भावना बढेर गएको देखिन्छ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएकोले मनमा खुसी छाउनेछ।
मिथुन राशि
सामाजिक तथा न्यायिक कार्यमा सफलता पाइने योग छ । कृषि तथा चौपायाबाट राम्रै सफलता पाइने योग छ। नयाँ कार्यको थालनी हुने देखिन्छ।
कर्कट राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ । प्रेम गर्ने अवसर जुट्नेछ।
सिंह राशि
चोटपटकको सम्भावना बढेर गएको देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्नेछ। आयमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ । दाजुभाइमा अनावश्यकरुपमा विवाद बढ्ने छ।
कन्या राशि
न्यायिक कार्यमा सफलता पाइने योग छ। बोलीको प्रभाव बढेर जानेछ। नयाँ कार्यको थालनी हुने देखिन्छ। आफन्तको सहयोगले धार्मिक कार्यमा सहभागी हुनाले मनमा खुसी छाउने छ।
तुला राशि
पारिवारिक सरसहयोगले कार्यमा सफलता पाइने योग छ। लेखनशैलीमा तीव्रता आउने योग छ। शैक्षिक क्षेत्रमा सुधार भएर जाने योग छ। जग्गा जमिनसम्बन्धी कामबाट प्रशस्त लाभ लिन सकिनेछ।
वृश्चिक राशि
आँखासम्बन्धी समस्याले सताउने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्नेछ। सामाजिक काममा वादविवादको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जानेछ । लेखनशैलीमा तीव्रता आउने देखिन्छ।
धनु राशि
आर्थिक उपार्जनमा नयाँ बाटाहरू खुल्ने देखिन्छ। अध्ययन अध्यापनमा सफलता पाइने योग छ। आफन्तको सहयोग मिल्ने देखिन्छ । नयाँ बाहनको खरिद गरिने योग छ। लेखन शैलीमा तीव्रता आउनेछ।
मकर राशि
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। गुमेको धन पुन प्राप्त गर्न सकिनेछ। मानसम्मानमा वृद्धि हुनुका साथै मिष्ठान्न भोजनको अवसर मिल्नेछ।
कुम्भ राशि
नयाँ कार्यको थालनी हुनेछ। सामाजिक काममा समय व्यतीत हुनेछ। पठनपाठनमा वृद्धि भएर जानेछ। भोजभतेरमा सहभागी भइनेछ। अनावश्यक विवादको अन्त्य भएर जानुका साथै ठूला व्यक्तिको प्रशंसानीय भइनेछ।
मीन राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। लेखन शैलीमा कमी आउनेछ। मातृ स्वास्थ्यमा उतारचढाव आउनुका साथ साथै राज्यपक्षबाट समेत कष्टता आउनाले मनमा चिन्ता बढेर जानेछ।
प्रतिक्रिया