• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026

०८२ साल फागुन ६ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

०८२ साल फागुन ६ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

काठमाडाैँ । ०८२ साल फागुन ६ गते बुधबार तदनुसार १८ फेब्रुवरी २०२६ । प्रतिपदा तिथी २७ घडी ३ पला उप्रान्त द्वितीया तिथी प्रारम्भ हुनेछ । शतभिषा नक्षत्र ३८ घडी २८ पला उप्रान्त पूर्वभाद्र नक्षत्र प्रारम्भ हुनेछ । शिव योग बालव करण आज बिहान सूर्योदय ६:४१ मा र सूर्यास्त साँझ ५:५६ मा हुनेछ।

मेष राशि
आयमा वृद्धि भएर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना प्रवल मात्रा बढेर गएको छ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। आर्थिक क्षेत्रमा सुधार भएर जानाले मनमा खुशी छाउनेछ।

वृष राशि
अनावश्यकरुपमा खर्चको मात्रा बढेर जानेछ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने योग छ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। पठनपाठनमा असफलता पाइनेछ।

मिथुन राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । लेखनशैलीमा कमी आउने योग छ। अनावश्यक विवाद बढेर जानुका साथै झुट्टा आरोपको सामनासमेत गर्नुपर्ने देखिन्छ ।

कर्कट राशि
अध्ययन अध्यापनमा सफलता र पारिवारिक सरसहयोग प्राप्त हुने देखिन्छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।

सिंह राशि
साझेदारी जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिने देखिन्छ। शरीरमा स्फूर्ति बढेर जानेछ । लामो समयदेखि हराएको धनमाल हेटाउन सक्ने सम्भावना बढेर गएको छ।

कन्या राशि
सृजनात्मक काममा बाधा आउनेछ। स्थायी सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुपर्ने देखिन्छ।

तुला राशि
शेयर कारोबारमा घाटा बेहोर्नुपर्ने देखिन्छ। मानसम्मानमा आघात पुग्नेछ। व्यर्थमा झैझगडाको सामना गर्नुपर्नेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना देखिन्छ।

वृश्चिक राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। आकस्मिकरुपमा कार्यमा प्रगति भएर जाने देखिन्छ। मानसम्मान पाइने योग छ। अनावश्यक विवाद अन्त्य भएर जानेछ।

धनु राशि
बोलीको प्रभाव बढेर जानेछ । बौद्धिक कार्यमा अगाडि बढ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउनेछ ।

मकर राशि
बोलीमा कठोरता आउने योग छ । मातृ स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ। मानसम्मानमा आघात पुग्नुका साथै संचित धनको समेत नाश हुनाले मानसिक तनाव बढेर जानेछ।

कुम्भ राशि
पराक्रममा वृद्धि भएर जाने देखिन्छ। व्यापार व्यवसायमा सफलता प्राप्त हुनाले सबैको प्यारो बनिनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ ।

मीन राशि
दाम्पत्य जीवनमा कलह बढेर जाने देखिन्छ। गरिरहेको काममा बाधा आउनेछ । कृषि तथा चौपायाबाट घाटा बेहोर्नु पर्दा मानसिक तनाव बढेर जानेछ। परिवारमा वादविवाद बढेर जानेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ६, बुधबार ००:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP