काठमाडाैं । २०८२ साल आश्विन २३ गते बिहीबार । तदनुसार ९ अक्टोबर २०२५ । द्वितीया तिथी ३ घडी ४३ पला तृतीया तिथी प्रारम्भ हुनेछ । भरणी नक्षत्र ५० घडी ५४ पला उप्रान्त कृतिका नक्षत्र प्रारम्भ हुनेछ । बज्र योग कौलव करण आज बिहान सूर्योदय ६:०० मा भयो भने सूर्यास्त साँझ ५:४० मा हुनेछ। आज बिहीबार चन्द्रमा मेष राशिमा ।
मेष
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन गरिनेछ ।विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
बृष
कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ। विभिन्न सहयोग र उपहार पाइने छ। आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। नयाँ काम प्रारम्भ गर्न सकिने छ।
मिथुन
प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ।
कर्कट
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । काममा ढिलासुस्ती हुनसक्छ। अप्रिय समाचारले दुःखी बनाउनेछ। पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ।
सिंह
लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। व्यवसायिक काममा राम्रै फड्को मार्न सकिने छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइने सम्भावना बढेर गएको छ। श्रमको उचित मूल्याङ्कन हुनेछ ।
कन्या
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ ।
तुला
काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने र भाग्योन्नति हुन सक्ने समय छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ। सामाजिक र परोपकारी काममा मन जानेछ। धार्मिक काममा सहभागी भइनेछ।
बृश्चिक
विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ। पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन र प्रसन्नतापनि मिल्नेछ।
धनु
आमा तथा आफन्तसँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ। समयमा कामहरु सम्पन्न नहुँदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको विकास हुनेछ।
मकर
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ भने तपाईंको कार्यशैलीको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ। परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा उल्लेख्य सहयोग पाइनेछ ।
कुम्भ
कानुन तथा निति नियमको उल्लङ्घन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ। आफन्त तथा अग्रजहरुसँग राय बाजिने तथा बिछोडसम्मको अवस्था आउन सक्छ। बिदेशी लगानीबाट सञ्चालित संस्थाहरुमा गरिरहेको काममा अपजसको सामना गर्नु पर्ने देखिन्छ।
मीन
राम्रा पहिरनले अरुको मन आफूतिर लोभ्याउन सकिनेछ। नयाँ प्रबिधिको प्रयोगमार्फत आफूलाई अब्बल साबित गर्न सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने नयाँ प्रकृतिको काम थालनी गरि मनग्य आम्दानी गर्न सकिनेछ। परिवारका साथ मिष्टान्न भोजनको अवसर मिल्ने देखिन्छ।
प्रतिक्रिया