काठमाडाैं । २०८२ साल कार्तिक २८ गते शुक्रबार तदनुसार १४ नोभेम्बर २०२५ । दशमी तिथी ५३ घडी ३७ पला एकादशी तिथी प्रारम्भ हुनेछ । पूर्वफाल्गुणी नक्षत्र ४७ घडी ५ पला उप्रान्त उतर फाल्गुणी नक्षत्र प्रारम्भ हुनेछ । ऐद्र योग बब करण आज बिहान सूर्योदय ६:२५ मा भयो भने सूर्यास्त साँझ ५:१० मा हुनेछ। आज शुक्रबार चन्द्रमा सिंह राशिमा
मेष राशि
अनावश्यक खर्चको मात्रा बढेर जानेछ। आर्थिक लेनदेनमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएकोले सजगता अपनाउनुहोला।
वृष राशि
आयमा वृद्धि भएर जानेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ। पतिपत्नीबीच माधुर्यता छाउनुका साथै अधुरा कामहरु पूरा भएर जाने देखिन्छ।
मिथुन राशि
फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। लेखन शैलीमा तीव्रता आउनेछ। जागिरमा पदोन्नतिको सम्भावना प्रबलरुपमा बढेर गएको छ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
कर्कट राशि
बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। दाजुभाइमा कलह बढेर जानेछ। सञ्चित धनको समेत हरास हुँदै जाने देखिन्छ।
सिंह राशि
गरिरहेको काममा असफलता प्राप्त हुनाले मनमा चिन्ता बढेर जानेछ। कृषि तथा चौपायाबाट घाटा बेहोर्नु पर्नेछ। पारिवारिक कलह बढेर जानाले मानसिक तनाव बढेर जानेछ।
कन्या राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। दाजुभाइको सरसहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ। भोजभतेरमा सहभागी हुनाले मनमा खुसी छाउने छ।
तुला राशि
पराक्रम बढेर जानेछ। बोलीको प्रभाव बढेर जाने देखिन्छ। दाजुभाइको सरसहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ। श्रव्य दृश्यमा मन जानाले मनमा खुसी छाउने छ।
वृश्चिक राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ। लेखनशैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ । सामाजिक काममा वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ। सजग रहनुहोला।
धनु राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। साथीभाइबाट आलोचित हुनुपर्नेछ। लेखन शैलीमा कमी आउनेछ। झुठा आरोपको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक समस्याले सताउने छ।
मकर राशि
मांगलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । दाजुभाइमा आत्मियता बढेर जानेछ। लेखन शैलीमा तीव्रता आउने देखिन्छ । मानसम्मानमा वृद्धि भएर जाने देखिन्छ।
कुम्भ राशि
वैदेशिक कार्यबाट मनग्य लाभ लिन सकिनेछ । बोलीमा माधुर्यता छाउनेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। शैक्षिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ।
मीन राशि
पारिवारिक मतभेद बढेर जानेछ। लामो समयदेखि गरिरहेको काममा बाधा आउनेछ। व्यापार व्यवसायबाट घाटा व्यहोर्न पर्नुका साथै राज्यपक्षबाट प्राप्त कष्टताले मनमा खिन्नता छाउनेछ।
प्रतिक्रिया