• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

२०८२ साल भाद्र २१ गते शनिबारः थाहा पाउनुहाेस् आजकाे पञ्चाङ्ग र राशिफल

२०८२ साल भाद्र २१ गते शनिबारः थाहा पाउनुहाेस् आजकाे पञ्चाङ्ग र राशिफल

काभ्रे । २०८२ साल भाद्र २१ गते शनिबार तदनुसार ६ सेप्टेम्बर २०२५ । चतुर्दशी तिथी ४८ घडी २ पला उप्रान्त पूर्णिमा तिथी प्रारम्भ हुनेछ । धनिष्ठा नक्षत्र ४३ घडी ५४ पला उप्रान्त शतभिषा नक्षत्र प्रारम्भ हुनेछ । अतिगण्ड योग गर करण आज बिहान सूर्योदय ५:४५ मा भयो भने सूर्यास्त साँझ ६:१७ मा हुनेछ। आज शनिबार चन्द्रमा मकर राशिमा

मेष राशि
लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। मुद्दा मामिलामा तपाईंको जित हुने देखिन्छ। माङ्गलिक कार्यमा सहभागी भइनेछ।

वृष राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। शारीरिक आलस्यता बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट आलोचित हुनुपर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ।

मिथुन राशि
आयमा वृद्धि विद्यामा प्रगति भएर जानेछ । शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ। मानसम्मानमा वृद्धि हुनुका साथै पारिवारिक सरसहयोगले कसैको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ।

कर्कट राशि
व्यापार व्यवसायमा सफलता प्राप्त गर्न सकिनेछ। पठनपाठनमा वृद्धि भएर जाने देखिन्छ। स्वास्थ्यमा सुधार हुनुका साथै नयाँ कार्यको थालनी हुनाले मनमा खुसी छाउने छ।

सिंह राशि
आँखासम्बन्धी समस्याले सताउनेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । सामाजिक काममा बाधा आउनुका साथै व्यापार व्यवसायमा समेत घाटा बेहोर्नुपर्ने देखिन्छ।

कन्या राशि
जग्गा जमिनसम्बन्धी कामबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । पारिवारिक कलह बढेर जानेछ। लेखन शैलीमा कमी आउनुका साथै आफन्तमा समेत बहिरभाव आउनाले मनमा चिन्ता बढेर जानेछ।

तुला राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । मातृ स्वास्थ्यमा सुधार भएर जानेछ। कृषि तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिनेछ। धार्मिक यात्राको अवसर जुट्नेछ।

वृश्चिक राशि
पराक्रम बढेर जानेछ। पशुपालनबाट मनज्ञ लाभ लिन सकिनेछ। स्वास्थ्यमा सुधार भएर जानेछ । मातृ वात्सल्यतामा वृद्धि हुनेछ । भोज भतेरमा सहभागी भइनेछ।

धनु राशि
लामो समयदेखि गर्दै आएको काममा बाधा हुनेछ। वैदेशिक कार्यमा ह्रास आउनुका साथै दाजुभाईमा कलह बढेर जानाले मनमा चिन्ता बढ्ने देखिन्छ।

मकर राशि
सौन्दर्यतामा मन जानेछ । आफन्तको सहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। स्वास्थ्यमा सुधार भएर जानेछ । फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ।

कुम्भ राशि
अनावश्यकरुपमा पारिवारिक समस्याले सताउनेछ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ। आयमा कमी आउनाले मानसिक तनाव बढेर जानेछ।

मीन राशि
अध्ययनमा सफलता पाइनेछ। मानसम्मानमा वृद्धि हुनुका साथै शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २१, शनिबार ००:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP