• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026

२०८२ साल असोज २ गतेः यस्ताे छ आजकाे राशिफल

२०८२ साल असोज २ गतेः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । २०८२ साल आश्विन २ गते बिहीबार । तदनुसार १८ सेप्टेम्बर २०२५ । द्वादशी तिथी ४६ घडी १७ पला त्रयोदशी तिथी प्रारम्भ हुनेछ। तिष्य नक्षत्र ०७ घडी ५९ पला उप्रान्त अत्लेषा नक्षत्र प्रारम्भ हुनेछ । शिव योग कौलव करण आज बिहान सूर्योदय ५:५१ मा भयो भने सूर्यास्त साँझ ६:०३ मा हुनेछ। आज बिहीबार चन्द्रमा कर्कट राशिमा

मेष राशि
धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिनेछ । पराक्रममा वृद्धि हुनुका साथै लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छन् ।

वृष राशि
आकस्मिकरुपमा धनलाभ मिल्नेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ । पराक्रममा वृद्धि हुनका साथै न्यायिक कार्यमा तपाईंकै जित हुनाले मनमा खुसी छाउनेछ ।

मिथुन राशि
पारिवारिक कलह बढेर जानेछ । बोलीमा कठोरता आउनुका साथै संचित धनको नाश हुने योग छ। स्वास्थ्यमा गडबढ आउने देखिन्छ । खानपानमा विचार पुर्याउनु हाेला ।

कर्कट राशि
पराक्रम बढेर जानेछ। तरल पदार्थसँगै सम्बन्धित व्यापारबाट राम्रै आम्दानी गर्न सकिनेछ। आयमा वृद्धि भएर जानेछ। शैक्षिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ ।

सिंह राशि
नशासम्बन्धी समस्याले सताउने देखिन्छ । आफन्तमा कलह बढेर जानेछ। पठनपाठनमा बाधा आउनुका साथै गरिरहेको काममा समेत मनमुटावको सिर्जना हुने देखिन्छ ।

कन्या राशि
पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत गरिने योग छ। मिष्ठान्न भोजनको अवसर पाइनेछ। पृथ्वी क्षेत्रबाट राम्रै आम्दानी गर्न सकिने योग छ। प्रेम गर्ने अवसर जुट्नेछ ।

तुला राशि
रक्तसम्बन्धी समस्याले सताउने छ। साझेदारी काममा घाटा बेहोर्नु पर्नेछ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। आफन्तमा बहिरभाव उत्पन्न हुने योग छ।

वृश्चिक राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । काममा आलस्यता आउने छ । साथीभाइमा मनमुटावको सिर्जना हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । पठनपाठनमा बाधा आउने देखिन्छ ।

धनु राशि
रोकिएका कामहरू छोरा भएर जानेछन् । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । आफन्तको साथ सहयोगले कार्यमा थप हौसला प्राप्त हुने देखिन्छ । आकस्मिकरुपमा धनलाभ मिल्नेछ ।

मकर राशि
नयाँ कार्यको थालनी हुनेछ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। धर्मकर्मतर्फ मन जानाले सबैको विश्वासिलो भइनेछ। दाम्पत्य जीवनमा खुशीयाली छाउनेछ।

कुम्भ राशि
पुर्ख्यौली सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा उत्तरचढाव आउनेछ।

मीन राशि
थोरै कुरामा पनि मनमा चिन्ता बढेर जानेछ । गुप्ताङ्गसम्बन्धी समस्याले सताउने देखिन्छ ।जागिरमा केही अपशचको सामना गर्नुपर्ने देखिन्छ । व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २, बिहीबार ००:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP