• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

२०८२ पौष २६ गते शनिबारः यस्ताे छ आजकाे राशिफल

२०८२ पौष २६ गते शनिबारः यस्ताे छ आजकाे राशिफल

बनेपा । २०८२ साल पौष २६ गते शनिबार तदनुसार १० जनवरी २०२६ । सप्तमी तिथी ९ घडी १५ पला उप्रान्त अष्टमी तिथी प्रारम्भ हुनेछ । हस्ता नक्षत्र २६ घडी ०० पला उप्रान्त चित्रा नक्षत्र प्रारम्भ हुनेछ । अतिगण्ड योग बालव करण आज बिहान सूर्योदय ६:५८ मा र सूर्यास्त साँझ ५:२५ मा हुनेछ । आज शनिबार चन्द्रमा कन्या राशिमा ।

मेष
प्रशासनिक काममा बाधा हुनेछ। न्यायिक पक्षमा असफलता पाइने योग छ। विलासिताका सामानमा खर्च गरिने योग रहेको छ। लेखनशैलीमा कमी आउनुका साथसाथै स्वास्थ्यसम्बन्धी समस्याले समेत सताउने देखिन्छ।

बृष
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । लेखनशैलीमा कमी आउनेछ। धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। यात्रामा अवरोध आउनाले मानसिक तनाव बढेर नजाला भन्न सकिँदैन।

मिथुन
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। दाम्पत्य जीवनमा खुसियाली छाउनेछ। आयमा वृद्धि भएर जानुका साथसाथै धार्मिक कार्यमा समेत सहभागी हुने अवसर जुट्नाले मनमा उत्साह उमङ्ग बढेर जानेछ।

कर्कट
व्यापार व्यवसायमा सफलता पाइने योग छ। लेखन शैलीमा तीव्रता आउनेछ। आर्थिक उपार्जनका लागि नयाँ बाटाहरू शुभारम्भ भएर जानेछन् । स्वास्थ्यमा सुधार हुनुका साथसाथै ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।

सिह
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। वैदेशिक काममा वादविवादको सामना गर्नुपर्ने योग छ। अनावश्यकरुपमा सञ्चित धनको नाश हुनुका साथसाथै पठनपाठनमा समेत बाधा आउने देखिन्छ।

कन्या
विपरीत लिङ्गीबाट आकर्षण बढेर जानेछ। अध्ययन अध्यापनमा सफलता पाइने योग छ। भौतिक साधन खरिद गरिनुका साथसाथै स्वास्थ्यमा सुधार भएर जानेछ। तैलीय पदार्थद्वारा व्यापार व्यवसायमा वृद्धि हुने योग छ।

तुला
दौडधुपमा समय व्यतीत भएर जानेछ। पशु तथा चौपायाबाट घाटा बेहुनुपर्ने योग छ। गरिरहेको काममा बाधा आउनुका साथै पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा अनावश्यक वादविवाद बढेर जानेछ।

बृश्चिक
पराक्रम बढेर जानेछ । माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। लामो समयदेखि चल्दै आएको वादविवादको अन्त्य भएर जाने योग छ। शैक्षिक क्षेत्रमा सुधार भएर जानाले मनमा उत्साह उमङ्ग बढेर नजाला भन्न सकिँदैन।

धनु
मानसम्मानमा आघात पुग्नेछ। शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ। आफूले राम्रो बोल्दा पनि अरुले नराम्रो सुन्ने योग छ। विश्वास गरेका साथीभाइबाट धोका पाइनुले मनमा चिन्ता बढेर जानेछ। सजगताका साथ अगाडि बढ्नुहोला।

मकर
पारिवारिक कलह बढेर जानेछ । लेखन शैलीमा कमी आउनेछ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । मानसम्मानमा आघात पुग्नेछ। कृषि क्षेत्रबाट घाटा व्यहोर्नु पर्ने देखिन्छ ।

कुम्भ
स्थायी सम्पत्तिमा वृद्धि भएर जानेछ । न्यायिक काममा तपाईंकै जित हुने देखिन्छ। स्वास्थ्यमा सुधार भएर जानेछ। दाम्पत्य जीवनमा खुसियाली छाउनुका साथसाथै लामो समयदेखि हराएको धनमालसमेत भेट्टाउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।

मीन
माङ्गलिक कार्यमा सहभागी भइनेछ। पठनपाठनमा सफलता पाइने योग छ। पारिवारिक सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । प्रेम गर्ने अवसर जुट्नेछ । भोज भतेरमा सहभागी भइनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २६, शनिबार ००:५४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP