• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

२०८२ कार्तिक ८ गते शनिबारः यस्ताे छ आजकाे राशिफल

२०८२ कार्तिक ८ गते शनिबारः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । २०८२ साल कार्तिक ८ गते शनिबार । तदनुसार २५ अक्टोबर २०२५ चतुर्थी तिथी ४५ घडी ५५ पला पञ्चमी तिथी प्रारम्भ हुनेछ । अनुराधा नक्षत्र ० घडी २८ पला उप्रान्त ज्येष्ठा नक्षत्र प्रारम्भ हुनेछ । शोभन योग बब करण आज बिहान सूर्योदय ६:१० मा भयो भने सूर्यास्त साँझ ५:२४ मा हुनेछ । आज शनिबार चन्द्रमा बृश्चिक राशिमा ।

मेष राशि
साथीभाइबाट सरसहयोग पाइने योग छ। बोलीमा माधुर्यता छाउने छ। पारिवारिक मेलमिलाप बढेर जानेछ। बोलीमा आएको सुधारले ठूला व्यक्तिको समेत प्रशंसानीय भइनेछ। धर्मकर्मतर्फ मन जानेछ।

वृष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ। व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ।

मिथुन राशि
स्थायी सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ। जागिरमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ।

कर्कट राशि
अध्ययन अध्यापनमा बाधा आउनेछ। बोलीमा कठोरता आउनुका साथै सामाजिक काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। आर्थिक लेनदेनमा वादविवादको सिर्जना हुनेछ।

सिंह राशि
स्थायी सम्पत्ति प्राप्त हुने योग रहेको छ। आयमा वृद्धि भएर जानेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । स्वास्थ्यमा सुधार भएर जानुका साथै प्रेम गर्ने अवसर जुट्नेछ।

कन्या राशि
आयमा वृद्धि र कार्यमा प्रगति भएर जानेछ। विश्वास गरेका साथीभाइबाट प्राप्त सरसहयोगले रोकिएका कामहरु पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउने छ।

तुला राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । सञ्चित धनको नाश हुनेछ । लेखन शैलीमा कमी आउनेछ । शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ। विश्वास गरेका साथीभाइबाट जोगिनुपर्नेछ।

वृश्चिक राशि
न्यायिक क्षेत्रमा तपाईंकै जित हुने देखिन्छ। बोलीमा माधुर्यता छाउनेछ। लेखन शैलीमा तीव्रता आउनेछ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।

धनु राशि
अनावश्यक वादविवाद बढेर जानेछ। वैदेशिक कार्यमा बाधा आउनेछ। स्वास्थ्य समस्याले सताउने देखिन्छ । कुरा काट्नेहरु सक्रिय रहनेछन्। स्वास्थ्यमा गडबढ आउने देखिन्छ।

मकर राशि
अधुरा कामहरू पूरा भएर जानेछन्। लामो दूरीको धार्मिक यात्राको अवसर जुट्नेछ। आफन्तको सहयोगले काममा उत्साह बढेर जाने देखिन्छ। लेखन शैलीमा बृद्धि भएर जानेछ।

कुम्भ राशि
कार्यमा बाधा आयमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। पतिपत्नीबीच सानो कुरामा पनि वादविवादको सामना गर्नुपर्ने योग छ। स्वास्थ्यमा गडबढ आउने छ।

मीन राशि
मानसम्मानमा आघात पुग्ने देखिन्छ । गुप्ताङ्गसम्बन्धी समस्याले सताउने योग रहेको छ ।जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ । शेयर कारोबारमा घाटा बेहोर्नु पर्नेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ८, शनिबार ०१:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP