काठमाडौं । २०८२ साल भाद्र २४ गते मंगलबार । तदनुसार ९ सेप्टेम्बर २०२५ द्वितीया तिथी ३६ घडी ३६ पला उप्रान्त तृतीया तिथी प्रारम्भ हुनेछ । उतरभाद्र नक्षत्र ३८ घडी ४ पला उप्रान्त रेवती नक्षत्र प्रारम्भ हुनेछ । शुल योग तैतिल करण आज बिहान सूर्योदय ५:४६ मा भयो भने सूर्यास्त साँझ ६:१४ मा हुनेछ। आज मंगलबार चन्द्रमा मीन राशिमा
मेष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । विद्या क्षेत्रमा बाधा आउनुका साथै पारिवारिक कलहसमेत बढेर जानेछ। सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । स्वास्थ्यमा गडबढ आउनेछ।
वृष राशि
आयमा कमी र विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। विश्वास गरेकाबाट धोका पाइनेछ। आफन्तमा बैरभाव आउनाले मनमा चिन्ता बढेर जानेछ।
मिथुन राशि
मिष्ठान्न भोजनको अवसर जुट्नेछ । बोलीमा सुधार भएर जानेछ । पठनपाठनमा प्राप्त सफलताले सबैको विश्वास जित्न सकिनेछ। लामो समयदेखि रोकिएका कामहरु पूरा भएर जानेछन्।
कर्कट राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्नेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । पारिवारिक कलह बढेर जानाले मानसिक तनाव बढ्नेछ । सजगताका साथ अगाडि बढ्नुहोला।
सिंह राशि
पराक्रममा वृद्धि भएर जानेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। बोलीमा माधुर्यता छाउनेछ। हराएको धनमाल भेटाउन सक्ने सम्भावना बढेर गएको छ । प्रेम गर्ने अवसर मिल्नेछ।
कन्या राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। आफन्तको सहयोग पाइने योग समान सम्मानमा वृद्धि भएर जाने देखिन्छ।
तुला राशि
वादविवादको सामना गर्नुपर्ने देखिन्छ। बोलीमा कठोरता आउनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। अनावश्यकरुपमा खर्चको मात्रा बढेर जानुका साथै राज्यपक्षबाट समेत कष्टता मिल्नेछ।
वृश्चिक राशि
अनावश्यक खर्चको मात्रा बढेर जानेछ। राजनीतिमा असफलता भोग्नुपर्नेछ। स्वास्थ्यमा गडबढ आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । लेखन शैलीमा कमी आउने देखिन्छ।
धनु राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । सामाजिक उत्तरदायित्व बढेर जानेछ। काममा आत्मबल बढेर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ । बोलीमा माधुर्यता छाउनेछ।
मकर राशि
अधुरा काम पूरा भएर जानेछन् । बोलीमा मिष्ठान्न भोजनको अवसर जुट्नेछ। अध्ययनमा सफलता प्राप्त हुने देखिन्छ । इष्टमित्रबाट साथ सहयोग पाइने योग छ । लेखन शैलीमा तीव्रता आउने देखिन्छ।
कुम्भ राशि
शारीरिक आलस्यता बढेर जानेछ। आयमा कमी आउनेछ। साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ। धनमाल हराउन सक्ने सम्भावना बढेर जानुका साथै सन्चित धनको नाश हुने देखिन्छ।
मीन राशि
मानसम्मान पाइने योग छ। चलिरहेको विवादको अन्त्य भएर जानेछ। काममा भएको लगनशीलता देखेर ठूला व्यक्ति पनि प्रशंसा गर्न थालेछन् । प्रेम गर्ने अवसर मिल्नेछ।
प्रतिक्रिया