• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026

२०८२ मार्ग २१ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

२०८२ मार्ग २१ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । २०८२ साल मार्ग २१ गते आइतबार। तदनुसार ७ डिसेम्बर २०२५ । तृतीया तिथी ४० घडी ४४ पला चतुर्थी तिथी प्रारम्भ हुनेछ । आरद्रा नक्षत्र ९ घडी ५३ पला उप्रान्त पुनर्बशु नक्षत्र प्रारम्भ हुनेछ । शुक्ल योग बब करण आज बिहान सूर्योदय ६:४३ मा र सूर्यास्त साँझ ५:७ मा हुनेछ । आज आइतबार चन्द्रमा मिथुन राशिमा

मेष राशि
पठनपाठनमा सफलता पाइने योग छ। बोलीमा मिठास छाउने छ। नयाँ साथीको आगमनले कार्यमा सुधार भएर जाने देखिन्छ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ। प्रेम गर्ने अवसर जुट्नेछ।

वृष राशि
बोलीमा कठोरता आउने देखिन्छ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। सञ्चित धनको नाश हुने योग छ। वैदेशिक कार्यमा खर्चको मात्रा बढेर जाने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ।

मिथुन राशि
दुग्धजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ। लेखन शैलीमा तिव्रता आउनेछ। परिवारमा नयाँ कार्यको थालनी हुने योग छ। प्रेम गर्ने अवसर जुट्नेछ।

कर्कट राशि
पैतृक सम्पत्तिमा वृद्धि भएर जानेछ। शैक्षिक कार्यमा प्रगति भएर जाने देखिन्छ । पराक्रममा वृद्धि भएर जानेछ। भौतिक साधन खरिद गरिने योग रहेकाले मनमा खुसी छाउने छ।

सिंह राशि
न्यायिक कार्यमा बाधा आउनेछ। बोलीमा कठोरता आउनेछ। शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ। लेखनशैलीमा कमी आउने देखिन्छ । मानसम्मानमा आघात पुग्नाले मानसिक तनाव बढेर जानेछ।

कन्या राशि
बोलीको प्रभाव बढेर जानेछ। फलामसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। नयाँ कार्यको थालनी हुनेछ। हराएको धनमाल भेटाउन सक्ने सम्भावना बढेर गएको देखिन्छ।

तुला राशि
झुट्टा आरोपको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ । धार्मिक कार्यमा बाधा आउनुका साथै परिवारमा असामानजस्य विवाद बढेर जानाले मनमा चिन्ता बढ्ने देखिन्छ।

वृश्चिक राशि
साथीभाइको सहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। जग्गा जमिनसम्बन्धी काममा सफलता पाइनुका साथै मिष्ठान्न भोजनको अवसर जुट्नेछ।

धनु राशि
आकस्मिकरूपमा धनलाभ मिल्नेछ। पतिपत्नीबीच माधुर्यता छाउनेछ। आयमा वृद्धि भएर जानेछ। लामो समयदेखि रोकिएका कामहरू पूरा हुनाले ठूला व्यक्तिको प्रशंसा नै भइनेछ।

मकर राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएकोले सजगताका साथ अगाडि बढ्नुहोला।

कुम्भ राशि
झुट्टा आरोपको सामना गर्नुपर्नेछ। अनावश्यकरूपमा यात्राको अवसर जुटेता पनि विवादको सामना गर्नुपर्ने देखिन्छ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएकोले सजगता अपनाउनुहोला।

मीन राशि
राजनीतिक कार्यमा अगाडि बढ्न सकिने छ प्रेमीप्रेमिकाबीच माधुर्यता छाउनेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। काममा भएको सफलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २०, शनिबार २२:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP