• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ साल असोज ५ गतेः थाहा पाउनुहाेस् आजकाे राशिफल

२०८२ साल असोज ५ गतेः थाहा पाउनुहाेस् आजकाे राशिफल

काठमाडौँ । २०८२ साल आश्विन ५ गते आइतबार तदनुसार २१ सेप्टेम्बर २०२५ । औंसी तिथी ४६ घडी १३ पला प्रतिपदा तिथी प्रारम्भ हुनेछ । पूर्वफाल्गुणी नक्षत्र १० घडी ४० पला उप्रान्त उत्तरफाल्गुणी नक्षत्र प्रारम्भ हुनेछ । शुभ योग चतुष्घ्न करण आज बिहान सूर्योदय ५:५२ मा भयो भने सूर्यास्त साँझ ६:०० मा हुनेछ। आज आइतबार चन्द्रमा सिंह राशिमा

मेष राशि
पारिवारिक कलह बढेर जानेछ । बोलीमा कठोरता आउने देखिन्छ । व्यापार व्यवसायमा विश्वासघात आउनेछ। चोटपटकको सम्भावना बढेर गएको छ। शैक्षिक कार्यमा असफलता पाइने योग छ । सजग रहनुहोला।

वृष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । आयआर्जनमा वृद्धि भएर जानेछ। मिष्ठान्न भोजनको अवसर जुट्ने देखिन्छ । पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरु पुन सञ्चालनमा आउने देखिन्छ ।

मिथुन राशि
शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिनेछ। आफन्तको साथ सहयोग मिल्ने देखिन्छ । नयाँ कार्यको थालनी हुनेछ । स्वास्थ्यमा सुधार आउनुका साथै प्रेमीप्रेमीकाबीच माधुर्यता छाउने देखिन्छ ।

कर्कट राशि
अनावश्यक खर्चको मात्रा बढेर जानेछ। शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ। अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्नेछ। तीर्थस्थलहरूको भ्रमण भएतापनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ।

सिंह राशि
बोलीको प्रभाव बढेर जानेछ । सौन्दर्यमा मन जानेछ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ ।पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ ।

कन्या राशि
काममा ढिला सुस्ती भएर जानेछ । स्वास्थ्यमा गडबढ आउने देखिन्छ । शैक्षिक कार्यमा बाधा आउने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्ला । मानसिक तनाव बढेर जाने देखिन्छ।

तुला राशि
धार्मिक कार्यमा सहभागी भइनेछ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ ।

वृश्चिक राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । आफन्तमा बहिरभाव आउनेछ । राज्यपक्षबाट केही कष्टता पाइने योग छ । स्वास्थ्यमा उत्तरचढाव आउनाले मनमा चिन्ता बढेर जानेछ ।

धनु राशि
पारिवारिक कलह बढेर जानेछ । चोटपटकको सम्भावना बढेर गएको छ। सवारी साधनबाट जोगिनुपर्नेछ। स्वास्थ्यमा गडबढ आउनेछ। लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ ।

मकर राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। पतिपत्नीबीच माधुर्यता छाउनेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।

कुम्भ राशि
पारिवारिक समस्याहरू समाधान भएर जानेछन् । तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। सवारी साधनबाट लाभ लिन सकिने योग छ।

मीन राशि
न्यायिक कार्यमा बाधा आउनेछ । साथीभाइबाट अपहेलित हुनुपर्ने देखिन्छ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ५, आईतवार ०१:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP