काठमाडौँ । रुसको पश्चिमी लेनिनग्राद क्षेत्रस्थित स्लान्त्सी जिल्लामा यस महिनाभरि विषाक्त मदिरा सेवनका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ। तीमध्ये ८ जनाको मृत्यु प्रयोगशालामा पुष्टि भएको ‘मिथेनोल विषाक्तता’ का कारण भएको देखिएको छ।
यस घटनामा संलग्न भएको आशंकामा एक पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेर मुद्दा दर्ता गरी आवश्यक कानुनी अनुसन्धान अघि बढाइएको छ।
रुसमा सस्तो मूल्यमा पाइने घरेलु र अस्वीकृत मदिरा सेवनका कारण यस्ता घटना समयसमयमा दोहोरिन्छन्। विशेषगरी ग्रामीण र आर्थिकरूपमा कमजोर क्षेत्रमा कानुनी मदिरा किन्न नसक्ने कारणले मानिसहरू यस्ता पदार्थ सेवन गर्न बाध्य हुन्छन्।
यसअघि सन् २०२३ मा नक्कली साइडर सेवनबाट ५० जनाको मृत्यु भएको थियो भने, सन् २०१६ मा साइबेरियाको इरकुत्स्कमा मिथेनोल मिसिएको ‘बाथ ऑयल’ सेवनबाट ६० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए।एजेन्सी
प्रतिक्रिया