• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

फिलिपिन्स भूकम्पमा मृत्यु हुनेकाे संख्या ६० पुग्याे, सयौँ घाइते

फिलिपिन्स भूकम्पमा मृत्यु हुनेकाे संख्या ६० पुग्याे, सयौँ घाइते

काठमाडौं। फिलिपिन्सको सेबू प्रान्तमा मङ्गलबार राति गएको ६.९ रेक्टर स्केलको भूकम्पमा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने सयौँ मानिस घाइते भएका छन्।

लगातार ६११ भन्दा बढी पराकम्प गएपछि स्थानीय बासिन्दा त्रासमा परेका छन्।

नागरिक सुरक्षा कार्यालयका उप–प्रशासक राफेलिटो एलेजान्द्रोले भूकम्पपछि जमिनकाे अवस्था निकै खराब भएको बताएका छन्। बोगो शहरका अधिकारीहरूले पनि भूकम्पले ठूलो क्षति पुर्‍याएको उल्लेख गरेका छन् ।

फिलिपिन्स इन्स्टिच्युट अफ भल्केनोलोजी एण्ड सिस्मोलोजीले सेबू क्षेत्रमा भूकम्पपछि लगातार परकम्प महसुस भइरहेको जनाएको छ।

आपतकालीन अवस्था घोषणा
सेबू प्रान्तिय सरकारले भूकम्पपछि आपतकालीन अवस्था घोषणा गरेको छ। प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि सेना, प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ।एजेन्सी



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १५, बुधबार ११:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP