काठमाडौं । फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकाे छ ।
जसबाट कम्तीमा २६ जनाको मृत्यु भएको छ। मंगलबार राति सेबु प्रान्तको बोगो शहर नजिकै केन्द्रविन्दु भएर गएको भूकम्पले मध्य फिलिपिन्सलाई हल्लाएको हो ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्प स्थानीय समय अनुसार राति ९ः५० बजे गएको थियो । टापुको उत्तरी छेउमा पर्ने बोगो शहर नजिकै ९० हजार मानिसको बसोबास रहेको क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ।
स्थानीय उद्धारकर्मीका अनुसार, बोगोमा मात्र १३ जनाको मृत्यु भएको छ, जसमा चार बालबालिकासमेत रहेका छन् । त्यहाँ तीन जनाको घर पहिरोले पुरिएको थियो । छिमेकी सान रेमिगियो नगरपालिकामा पाँच जनाको र ताबुएलानमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
भूकम्पपछि हालसम्म ३७९ भन्दा बढी परकम्प आएको फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले जनाएको छ । थप विवरण आउन बाँकी छ।एजेन्सी
प्रतिक्रिया