• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

संसारमा पटकाकाे शुरु सबैभन्दा पहिले कहाँबाट भयाे ?, यस्ताे छ इतिहास

संसारमा पटकाकाे शुरु सबैभन्दा पहिले कहाँबाट भयाे ?, यस्ताे छ इतिहास

एजेन्सी । संसारका कयौँ देशमा पटका पड्काएर उत्सव मनाइन्छ। दीपावली मनाउने मौकामा कयौँ देशका विभिन्न स्थानमा रातमा पटकाको उज्यालोले आकाश जगमग हुन्छ।

अमेरिकामा चार जुलाईमा स्वतन्त्रता दिवस मनाउँदा देशभर आतसबाजी गरिन्छ। क्यानडामा १ जुलाईमा आतसबाजी हुन्छ, फ्रान्समा १४ जुलाईमा ‘ब्यास्टील डे’ मा परेडपछि आतसबाजी गरिन्छ।

चीन र एशियाका कयौँ देशमा ‘लूनर न्यू ईयर’मा विशेष कार्यक्रम गरिन्छ र लाखौँ पटका पड्काइन्छ। मेक्सिकोमा पटका पड्काएर क्रिसमस मनाइन्छ।

सबभन्दा पहिला कहाँ पड्काइन्थ्यो पटका ?
पटकाको कथाको जरो चीनमा भएको मानिन्छ, जहाँ बारुद (गन पाउडर) को खोजको साथमा नै आतसबाजी सुरु भएको थियो।

इतिहासका जानकार डा टोनियो एन्ड्रेडले आफ्नो पुस्तक ‘द गन पाउडर एज’मा लेखेका छन्- गन पाउडरको आविष्कार चीनमा भएको थियो। उनीहरूले लगत्तै त्यसलाई सेनाका लागि हतियारका रूपमा यसको उपयोग सुरु गरे। पछि यात्रा र व्यापारका माध्यमबाट गन पाउडर भारत, युरोपसमेत अन्य देशमा पुग्यो र यसको उपयोग खास अवसर र चाडहरूमा गर्न थालियो।

पटकाको सुरुआत कहाँबाट भयो ?
भारतमा दीपावलीका बेला व्यापकरूपमा पटका पड्काइन्छ । कथा अनुसार ईसा पूर्वको दोस्रो शताब्दीमा चीनमा मानिसहरू बाँसको टुक्रालाई आगोमा हाल्थे। बाँसको भित्रको हावा तातोले फैलिँदा त्यो चर्को आवाजमा पड्किन्थ्यो। मानिसहरू त्यस्तो चर्को आवाजले नराम्रा आत्मा भाग्छन् भन्ने विश्वास राख्थे।

यसको सयौँ वर्षपछि चीनका रसायनविद्ले गल्तीबाट बारुद आविष्कार गरे। बारुदलाई बाँस या कागजको नलीमा भरियो, त्यसलाई परीक्षण गर्दा पहिलो पटक त्यसबाट आवाज र प्रकाश देखियो। त्यहीँबाट आतसबाजीको सुरुवात भयो ।

बिस्तारै यो चलन चीनबाट युरोप पुग्यो। समयसँगै नयाँ प्रविधिको सहयोगमा पटका झन् बढी रङ मिसिएको जस्तो, झन् झन् उचाइमा पुग्ने र आवाज ठूलो निकाल्न सक्ने बन्दै गयो।

अहिले पटका मनोरञ्जनको साधन मात्र नभएर खासगरी चाडबाड, विवाह र अन्य समारोहको हिस्सा जस्तो बनेको छ। र अहिले पर्यावरण र स्वास्थ्यको हिसाबबाट सुरक्षित ग्रीन पटाखाको पनि विकास हुँदैछ ताकि मनोरञ्जनका साथमा सुरक्षा पनि ध्यानमा रहोस्।बीबीसीबाट



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ४, मंगलवार १५:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP