• २०८३ श्रावण १० | Sun, 26 Jul 2026

अर्जेन्टिनालाई १-० गाेल अन्तरले हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई १-० गाेल अन्तरले हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई १-० गाेल अन्तरले पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा साेमबार बिहान भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्यो ।

खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलयात्रा तय गरेको थियो । स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट, स्पेनका रोड्रि बने सर्वोत्कृष्ट खेलाडी
सोमबार बिहान सम्पन्न फिफा विश्वकप २०२६ को फाइनल भिडन्तमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्न नसकेपछि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ उपाधि आफ्नो नाममा सुरक्षित गरेका छन् । अतिरिक्त समयमा पुगेको फाइनल खेलमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकपको उपाधि चुमेको छ ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्स इङ्गल्यान्डसँग ६–४ ले पराजित भए पनि उक्त खेलमा रियल मड्रिडका स्ट्राइकर एमबाप्पेले दुई गोल गरेका थिए । योसँगै प्रतियोगिताभर उनको कुल गोल संख्या १० पुगेको छ । विश्वकपको इतिहासमा दुई फरक संस्करण (सन् २०२२ र २०२६) मा गोल्डेन बुट जित्ने एमबाप्पे विश्वकै पहिलो खेलाडी बनेका छन् । उनले ८ गोल गरेका अर्जेन्टिनाका मेसी, ७ गोल गरेका नर्वेका अर्लिङ हालान्ड र इङ्गल्यान्डका जुड बेलिङ्घम तथा ६ गोल गरेका ह्यारी केन र ओसमान डेम्बेलेलाई पछि पारेका हुन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ४, सोमबार ०६:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP