टोकियाे । जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सयौं किलोमिटर टाढाको टोकियोका गगनचुम्वी भवनहरूलाई हल्लाएको छ । यसकै कारण तीन मिटर (१० फिट) सम्म सुनामी छालहरू आउने चेतावनी दिइएको छ ।
जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार साँझ ४ बजेर ५३ मिनेटमा उत्तरी इवाते प्रान्तको प्रशान्त महासागरमा भूकम्प गएको हो ।
भूकम्पको करिब ४० मिनेटपछि ८० सेन्टिमिटर (३१ इन्च) को सुनामीको लहर इवातेको कुजीस्थित एउटा बन्दरगाहमा ठोक्किएको छ। जेएमएले सुरुमा भूकम्पको धक्का ७.४ म्याग्निच्युडको रहेको बताए पनि यसलाई पछि परिमार्जन गरी ७.५ म्याग्निच्युड रहेको पुष्टि गरिएको हो । बन्दरगाहका वरपरका धैरै स्थानमा तत्काल कुनै ठूलो क्षति नभएको उल्लेख गरिएको छ ।
जापान विश्वको भूकम्पीय दृष्टिकोणबाट सबैभन्दा सक्रिय तरङ्गहरू भएको देशहरूमध्ये एक हो । यो प्रशान्त महासागरको पश्चिमी किनारमा चार प्रमुख ‘टेक्टोनिक प्लेट’हरू, ‘रिङ अफ फायर’ को शीर्षमा स्थानमा छ ।
करिब १२ करोड ५० लाख मानिस बसोबास गर्ने यस द्वीपसमूहमा हरेक वर्ष करिब एक हजार ५०० भूकम्पीय झट्का महसुस गरिने गर्छ र यो विश्वमा हुने भूकम्पको १८ प्रतिशत हिस्सा हो ।एएफपी
प्रतिक्रिया