• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवताविरोधी अपराध’मा मृत्युदण्डको फैसला

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवताविरोधी अपराध’मा मृत्युदण्डको फैसला

काठमाडौँ । बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र “मानवताविरोधी अपराध” गरेको अभियोगमा यहाँको विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री शेख हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।

बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले सोमबार उनीसहित उनको मन्त्रिपरिषद्‌मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तात्कालिक प्रहरी प्रमुख चौधरी अबुल्लाह अल-मामुनलाई गत वर्षका घटनामा दोषी ठहर गरेको हो।

गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा सुरु भएर चर्किएको आन्दोलन उत्कर्षमा पुगेपछि हसिना सत्ता त्याग्न बाध्य भएकी थिइन्। संयुक्त राष्ट्रसङ्घको एउटा अनुमान अनुसार उक्त आन्दोलनका क्रममा १,४०० जनाको मृत्यु भएको थियो।

सत्ताच्युत भएपछि हसिना भारतमा छिन् । उक्त विशेष अदालतमा उनको अनुपस्थितिमै मुद्दा चलेको हो। उनले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छन् ।बीबीसीबाट



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १, सोमबार १०:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP