• २०८३ असार ३१ | Wed, 15 Jul 2026

थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा बर्खास्त

थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा बर्खास्त

काठमाडाैं । थाइल्याण्डको संवैधानिक अदालतले नैतिकता उल्लङ्घनको आरोपमा प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट हटाएको छ।

कम्बोडियासँगको सीमा मुद्दामा भएको फोन वार्ता संविधानको उल्लङ्घन भएको पाएपछि थाइल्याण्डको संवैधानिक अदालतले शुक्रबार प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट हटाएको हो । फैसला लागू हुनेबित्तिकै सिनावात्राले आफ्नो लगभग एक वर्षदेखि रहेको जिम्मेवारी गुमाउने छिन् ।

अदालतले उनीविरुद्धको मुद्दाको सुनुवाइमा सहमति जनाएपछि जुलाई १ मा उनलाई निलम्वन गरिएको थियो र उपप्रधानमन्त्री फुमथम वेचाचाईले जिम्मेवारी सम्हालेकी थिइन् ।सिन्ह्वा



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १४, शनिबार ०५:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP