• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

नाइजेरियाकाे ग्यास खानीमा विस्फोट, ३८ मजदुरको मृत्यु

नाइजेरियाकाे ग्यास खानीमा विस्फोट, ३८ मजदुरको मृत्यु

काठमाडौँ । नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा कम्तीमा ३८ जना खानी मजदुरको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएफपीले ३८ मजदुरको ज्यान गएको समाचार सार्वजनिक गरेको छ । पठार राज्यको बसार जिल्लास्थित कम्पानिन जुराक खानी क्षेत्रमा भएको विस्फोटमा अन्य २७ जना घाइते भएको समाचार छ ।

स्थानीय समय अनुसार बिहान ७:३० देखि ८ को बीचमा विस्फोट भएको नजिकैको खानी मजदुर इब्राहिम दत्तिजो सानीले एएफपी समाचार समितिलाई बताए ।

पश्चिम अफ्रिकी देश नाइजेरियाले विगतमा पनि यस्तै घातक खानी दुर्घटना देखेको छ। गत सेप्टेम्बरमा भारी वर्षाका कारण अवैध खानीमा ढुङ्गा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । (एएफपी)



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ७, बिहीबार ०२:२९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP