• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

अफगानिस्तान भूकम्प: मृत्यु हुनेको संख्या १ हजार १२४ पुग्यो

अफगानिस्तान भूकम्प: मृत्यु हुनेको संख्या १ हजार १२४ पुग्यो

काठमाडाैं । पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार १ सय २४ पुगेको छ । अगस्ट ३१ मा स्थानीय समयअनुसार राति ११ः४७ बजे अफगानिस्तानको पूर्वी भागमा भूकम्प गएको थियो ।

भूकम्पमा ३ हजार २ सय ५१ जना घाइते भएका छन् । अफगान रेड क्रिसेन्ट सोसाइटीका सूचना तथा प्रकाशन प्रमुख जुमा खान नायलले बताएअनुसार भूकम्पका कारण मुख्यतया कुनार प्रान्तमा ८ हजारभन्दा बढी आवासीय घरहरू पूर्ण वा आंशिकरूपमा ध्वस्त भएका छन् ।

राहत र उद्धार टोलीहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने काम गरिरहेका छन् ।सिन्ह्वा



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १८, बुधबार ०६:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP