• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

अफगानिस्तानमा पुनः शक्तिशाली भूकम्पकाे धक्का महसुस

अफगानिस्तानमा पुनः शक्तिशाली भूकम्पकाे धक्का महसुस

काठमाडौँ । अफगानिस्तानमा पुनः भूकम्प गएको छ। बिहीबार राति ५.६ म्याग्निच्युडको भूकम्प गएको हो।

स्थानीय समयअनुसार बिहीबार राति ८:५६ बजे भूकम्प गएको बीबीसीले जनाएकाे छ । अफगानिस्तानको दुर्गम दक्षिण-पूर्वी नान्गारहार र कुनार प्रान्तमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किएका थिए। यो भूकम्पबाट थप जनधनको क्षतिबारे अहिलेसम्म आधिकारिक जानकारी आइसकेको छैन।

यसअघि मंगलबार पनि अफगानिस्तानको दक्षिण-पूर्वी भागमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो भने आइतबार राति ६.० म्याग्निच्युडको भूकम्प जाँदा ठूलो मात्रामा जनधनको क्षति भएको छ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयका अनुसार आइतबार गएको भूकम्पका कारण हालसम्म १ हजार ३६८ जनाको मृत्यु भएको छ भने २ हजार १८० जना घाइते भएका छन्। एजेन्सी



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २०, शुक्रबार ०४:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP