• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सुडानमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

सुडानमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

एजेन्सी । दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार विमान दुर्घटना हुँदा यसमा सवार चालकसहित १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । मृत्यु हुनेमा १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक रहेका छन् ।

विमान ग्रिनविच समय (जिएमटी)अनुसार ७ः१५ बजे राजधानीबाट उडान भरेको केहीबेरमा नै दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक रिपोर्ट अनुसार प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको हो ।

दक्षिण सुडानी नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विमान राजधानीस्थित जुबा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको र राजधानीबाट करिब २० किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो ।”

“विमान दुर्घटनापछि उद्धारका लागि स्थानीयसहितको सुरक्षा टोली घटनास्थलमा पुग्दा विमानमा सवार सबै मृतकको शरीर जलेर पहिचान गर्न कठिन अवस्थामा भेटिएको थियो,” नाम नबताउने सर्तमा घटनास्थलमा उद्धारका लागि खटिएका संयुक्त राष्ट्रसङ्घको उद्धार टोलीका एक सदस्यले बताए ।

अस्थिरता, द्वन्द्व र गरिबीसँग जुधिरहेको दक्षिण सुडानमा भरपर्दो यातायात पूर्वाधारको पनि अभाव छ । अत्याधिक भारवहन क्षमताभन्दा बढी तौल र खराब मौसमका कारण बारम्बार विमान दुर्घटनाहरू हुने गरेको पाइन्छ ।

सन् २०२५ को जनवरीमा उत्तरी दक्षिण सुडानमा भएको विमान दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । सन् २०२१ मा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का लागि इन्धन बोकेको एउटा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १५, मंगलवार ०१:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP