काठमाडौँ । हिन्दूहरुकाे आस्थाकाे धराेहर मानिने पशुपतिनाथ मन्दिरमा दैनिक कति भेटी संकलन हुन्छ ? र याे के मा खर्च गरिन्छ ? याे आम नागरिकलाई चासाेकाे विषय हाे ।
यसैबीच पशुपति विकास काेषले मन्दिरमा संकलन हुने भेटीकाे दैनिक अपडेट दिन थालेकाे छ।
काेषले जनाए अनुसार असाेज १२ गते (आज) १ लाख ७७ हजार २५० रुपैंयाँ भेटी संकलन भएकाे छ । जसमा पशुपतिनाथ मन्दिरमा १ लाख ६० हजार १५, बासुकी भेटी १२ हजार ७८०, चन्दन भेटी ४ हजार ४५५ संकलन भएकाे छ। शनिबार २ लाख ८१ हजार ८५४ रुपैंयाँ संकलन भएकाे थियाे ।
कुनै उत्सव वा चाडपर्वमा उल्लेख्यरुपमा भेटी संकलन हुने गरेपनि दैनिक संकलन हुने भेटीकाे अनुपात भने फरक छ ।
यस्तै शनिबार पशुपति मन्दिर परिसरमा भ्रमण गर्ने पर्यटककाे संख्या ३११ जना रहेकाे छ । जहाँ गुहेश्वरी काउण्टरबाट १३ जना, बत्सलेश्वरी काउण्टरबाट ७८, तिलगंगा काउण्टरबाट १२८ जना र पश्चिम काउण्टरबाट ९२ जना प्रवेश गरेकाे काेषले जनाएकाे छ ।

प्रतिक्रिया