काठमाडौँ । आज देशभरका २० जिल्लामा बाढीपहिराेकाे उच्च जाेखिम रहेकाे नेपाल बाढी सूचना केन्द्रले जनाएकाे छ ।
जसमा सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुमा अति उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान छ।
यी जिल्लाहरुमा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेकाे छ । केही जिल्लाका मूख्य राजमार्गहरु पूर्णरुपमा अवरुद्ध भएका छन् भने केही राजमार्गहरु आंशिक बन्द भएका छन् ।
अति आवश्यक काम नपरि घर बाहिर ननिस्कन विभिन्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिरहेका छन् ।


प्रतिक्रिया