काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा देशमै सबैभन्दा बढी वर्षा रौतहटमा मापन भएको छ। असाेज १८ दिउँसाे ४ः३० देखि १९ गते बिहान ४ः३० सम्मकाे विवरणमा यस्ताे देखिएकाे छ ।
यस अवधिमा रौतहटमा ३५८ मिलिमिटर वर्षा भएको विभागका प्रवक्ता विभूति पाेखरेलले जानकारी दिए । अहिले पनि त्यस क्षेत्रमा भारी वर्षा भइरहेको छ।
पछिल्लो १२ घण्टाको तथ्यांक विष्लेषण गर्दा रौतहट र त्यस आसपासका जिल्लाहरुमा अन्य क्षेत्रको तुलनामा निकै भारी वर्षा भएकाे छ । इलाममा ३३२ मिलिमिटर, पर्सामा ३२८, बारामा २१४, सिन्धुलीमा २२०, सर्लाहीमा २२३, मकवानपुरमा १६७ मिलिमिटर वर्षा भएको छ। ललितपुरमा पछिल्लो २४ घण्टामा १५१ मिलिमिटर वर्षा भएको छ। काठमाडौँमा १३५ मिलिमिटर र भक्तपुरमा १११ मिलिमिटर वर्षा भएको छ।
त्यसैगरि चितवनमा ११५ मिलिमिटर, महोत्तरीमा ११३ मिलिमिटर, धनुषामा ११२ मिलिमिटर, रामेछापमा १०० मिलिमिटर वर्षा भएको छ। ५० देखि १०० मिलिमिटरको बीचमा वर्षा हुने जिल्लाहरु भने दर्जनौँ रहेका छन्। दुई सय मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षा भनिन्छ।


प्रतिक्रिया