• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन प्रहरीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय: महानिरीक्षक कार्की

निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन प्रहरीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय: महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको र यसले संगठनको समग्र श्रीबृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताउनुभएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले निर्देशन सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक कार्कीले सीमित साधनस्रोत, भौतिक पूर्वाधारहरूको अभाव एवम् प्रहरी कर्मचारीहरूको मनोबल र क्षमताको विषयलाई लिएर व्यक्त भएका चिन्तन एवम् आकांक्षाका बाबजुत निर्वाचनलाई ऐतिहासिकरूपमा शान्त र व्यवस्थित तवरले सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले उच्च मनोबल, सामूहिक भावना एवम् जिम्मेवारीबोधका साथ प्रदर्शन गरेको उच्च व्यवसायिकता प्रशंसनीय रहेको बताउनुभयो । प्रतिकुल परिस्थितीका बीच मुलुकप्रतिको समर्पण भावका साथ आफूलाई तोकिएको जिम्मेवारीमा केन्द्रीत रहेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको व्यवसायिक भूमिकाप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरीको अथक सक्रियता र क्रियाशीलताका कारणले समाजमा शान्ति सुरक्षा कायम राख्न सम्भव भएको उल्लेख गर्दै आ-आफ्नो जिम्मेवारी इलाकाको विस्तृत जानकारीहरू राखी योजनाबद्धरूपमा सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

सबै प्रहरी कर्मचारीहरूले परिवर्तनलाई आत्मसात् गर्न जरूरी रहेको बताउँदै समयानुकूल अझ शिष्ट बोली, वचन र आचरणका साथै जनउत्तरदायी भई नागरिकहरूप्रति पूर्णरूपमा समर्पित भएर कार्य सम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोग एवम् प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा समेत आफ्नो उच्च व्यवसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिबद्ध भई कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी पेशा मात्र नभई सेवा भएको र यसका लागि सेवाभाव, इमानदारीता, उच्च व्यवसायिकता, कर्तव्यपरायणता एवम् दृढ अनुशासन आवश्यक रहेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक लक्ष्यप्रति सदैव केन्द्रीत भई सामूहिक भावना एवम् भातृत्वभावका साथ प्राप्त जिम्मेवारी उत्कृष्टरूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । निश्चिन्त भएर कानूनीरूपले प्रदत्त अधिकारहरू प्रयोग गर्दै आगामी दिनमा सम्पूर्ण प्रहरी कर्मचारीहरूले निष्ठावान्, इमानदार भई अझ उच्च अनुशासन एवम् व्यवसायिकता प्रदर्शन गर्दै कर्तव्य निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । संगठनको सुदृढीकरण र शुद्धिकरणको लागि आफू सदैव प्रयत्नशील रहने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरूका साथै काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा उक्त कार्यालय मातहत प्रहरी कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिती रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २५, सोमबार १३:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP