• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

सुनको भाउमा अन्तर्राष्ट्रिय बजारमै नयाँ रेकर्ड

सुनको भाउमा अन्तर्राष्ट्रिय बजारमै नयाँ रेकर्ड

हङकङ । अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबीच लगानीकर्ता सुरक्षित स्थानतर्फ लागेपछि बुधबार सुनको मूल्यले इतिहासमै पहिलो पटक प्रतिऔँस चार हजार डलर पार गरेको छ।

टेक कम्पनीको तीव्र उकालो रेकर्डमा पुगेपछि अब ती बजार अत्यधिक मूल्याङ्कनमा पुगेको चिन्तासँगै सुनमा लगानी बढेको हो । वर्षभरि व्यापारी विश्वव्यापी आर्थिक अनिश्चित, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति र भूराजनीतिक तनावबिच सुनमा निर्भर रहँदै आएका छन् ।

परिणामस्वरूप सुनको मूल्य यस वर्ष मात्र ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ । फ्रान्समा प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपति इमानुएल म्याक्रोनमाथिको राजनीतिक दबाबले पनि सुनलाई थप आकर्षक बनाएको थियो । लामो समयदेखि अस्थिरताका समयमा सुरक्षित सम्पत्ति मानिँदै आएको सुन बुधबार प्रतिऔँस चार हजार ३७.१० डलरसम्म पुगेको छ।

यससँगै चाँदी पनि आफ्नै रेकर्ड नजिक पुगेको छ। अमेरिकी सरकारका केही विभाग बन्द हुँदा लगानीकर्तामा अनिश्चितता बढेको छ । यसले विशेषतः रोजगारीसम्बन्धी प्रमुख आर्थिक तथ्याङ्क स्थगित गरेको छ र अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ) लाई ब्याजदरसम्बन्धी निर्णयमा अन्योलमा पारेको छ ।

नेसनल अस्ट्रेलिया बैङ्कका अर्थ विश्लेषक टेलर न्युजेन्टले भन्नुभयो, “सुनको तीव्र वृद्धि एक्सचेन्ज–ट्रेडेड फन्डको बढ्दो आगमन, चीनको बलियो माग र विश्वका केन्द्रीय बैङ्कको खरिदले समर्थन गरेको हो । राजनीतिक, आर्थिक र मुद्रास्फीति अनिश्चिततामा सुन सधैँ लाभमा रहन्छ ।”

त्यस्तै पेपर स्टोनका क्रिस वेस्टनले लेख्नुभएको छ, “विश्वका कोष र रिजर्भ प्रबन्धकले वित्तीय अस्थिरता, मुद्रा अवमूल्यन र अनपेक्षित सरकारी नीतिबाट जोगिन हेज खोजिरहेका छन् । सुन त्यसको केन्द्रमा छ ।”

यसबीच एसियाली बजारमा भने कमजोरी देखिएको छ। कृत्रिम बुद्धिमत्तामा (एआई) लगानीबारे प्रश्न उठेपछि धातु बजार बलियो रहे पनि इक्विटी बजारमा गिरावट आएको छ । एनभिडिया ४० खर्ब डलर मूल्याङ्कनमा शीर्ष स्थानमा रहे पनि ओरेकलको क्लाउड कम्प्युटिङ नाफा अपेक्षाभन्दा कमजोर रहँदा विश्व बजारमा असर पर्यो ।गाेरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २३, बिहीबार ०२:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP