• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

बाढी पहिरोका कारण तीन राजमार्गका सडकखण्डहरू अझै अवरुद्ध

बाढी पहिरोका कारण तीन राजमार्गका सडकखण्डहरू अझै अवरुद्ध

काठमाडाैँ। गत हप्ताकाे बाढी पहिराेले अवरुद्ध भएका अधिकांश सडकहरु संचालनमा आए पनि केही अझै अवरुद्ध रहेका छन्।

अवरुद्धमध्ये कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा पहिरो खस्दा सवारी साधन चल्न सकेका छैनन्।

यस्तै पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका ३ फ्याङलुङमा बाढीले सडक कटान गरेकाले आज पनि सवारी साधन चल्न सकेका छैनन्।

रसुवाकै गोसाईंकुण्ड गाउँपालिका २ रसुवागढीस्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको ट्राफिक प्रहरीले जनाएकाे छ।

यता सडक पिचको काम भइरहेकाले बालाजु वाइपास चोकदेखि बाइसधारा हुँदै चल्ने सवारी साधनलाई आज पनि डाईभर्सन गरिएको महानगरिय ट्राफिक प्रहरीले जनाएकाे छ। यसबाहेक काठमाडौँको गौशाला, जय बागेश्‍वरी, कलंकी, कालीमाटी र ग्वार्को भएर चल्ने सवारी साधन यतिबेला क्युमा चलिरहेका छन्। क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको जनाइएकाे छ।

काठमाडौँ उपत्यकाका अन्य मुख्य-मुख्य चोकहरूमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने र विभिन्न नाकाहरूको सवारी आवागमन सामान्य रहेको बताइएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २७, सोमबार १३:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP