• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेप्से परिसूचक १९ दशमलव ४३ अंकले घट्याे, कति भयाे काराेबार ?

नेप्से परिसूचक १९ दशमलव ४३ अंकले घट्याे, कति भयाे काराेबार ?

काठमाडाैँ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ४३ अंकले घटेकाे छ। यससँगै नेप्से दुई हजार ५२८ दशमलव १६ को बिन्दुमा कायम भएको छ।

आज ३१७ कम्पनीका ७४ लाख ८८ हजार २७२ कित्ता शेयर ३८ हजार ८२७ पटक खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ मा खुम्चिएको छ।

आजको कारोबारमा शुभम् पावर लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

आज म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार एक दशमलव ४८ र अन्य समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

यस्तै वित्त एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव ११, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव १६, बैंकिङ शून्य दशमलव ८२, विकास बैङ्क एक, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह समान शून्य दशमलव ९८, लघुवित्त शून्य दशमलव ७९ र निर्जीवन बीमा समूह एक दशमलव १० प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ करोड सात लाख ८३ हजार ७१६ बराबरको शेयर किनबेच भएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २८, मंगलवार ११:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP