• २०८३ असार ३१ | Wed, 15 Jul 2026

इलामका पालिकाहरुमा आपतकालीन पुनर्स्थापनाका लागि आर्थिक सहयाेगकाे सिफारिस

इलामका पालिकाहरुमा आपतकालीन पुनर्स्थापनाका लागि आर्थिक सहयाेगकाे सिफारिस

काठमाडौँ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्लाका पालिकाहरुमा आपतकालीन पुनर्स्थापना कार्य तथा ‘लाइफलाइन’ सुचारु गर्न ४० लाखदेखि ६० लाख रुपैंयाँसम्म सहयोग गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ।

आज समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको समितिको बैठकले इलामका अति प्रभावित पाँचवटा स्थानीय तहलाई प्रति स्थानीय तह ६० लाख रुपैंयाँ, मध्यम प्रभावित तीनवटा स्थानीय तहलाई प्रति स्थानीय तह ५० लाख रुपैंयाँ र प्रभावित दुईवटा स्थानीय तहलाई प्रति स्थानीय तह ४० लाख रुपैंयाँ सहयोग गर्न सिफारिस गरेको हो।

बैठकले ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालिका वडा नं. ३ र ४ मा रहेका ओदक, एकबाँसे र ताम्राङका जोखिमयुक्त बस्ती गाउँपालिकाले सिफारिस गरेबमोजिम सोही गाउँपालिका वडा नं. ३ को साँघुमा स्थानान्तरण गर्न स्वीकृति प्रदान गरेको छ।

त्यसैगरी, बैठकले विपद् प्रतिकार्यको पूर्वतयारी गर्न, विपद् प्रतिकार्यको कार्यसञ्चालन, समन्वय र व्यवस्थापन गर्न, विपद्सम्बन्धी अभिलेख तथा सूचना प्रणालीको व्यवस्थापन गर्नका लागि स्थापना गरिएका राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रहरू संचालनका लागि तयार गरिएको आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन कार्यविधि, २०८२ स्वीकृत गरेको छ।

बैठकले विपद् बीमासम्बन्धी सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेश गर्न प्राधिकरणका सह सचिवको संयोजकत्वमा एक समिति गठन गर्न पनि स्वीकृति दिएको छ। साथै, विपद्‌बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ संशोधनका लागि नेपाल सरकार मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने निर्णय पनि गरेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ३१, शुक्रबार १४:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP