काठमाडौँ । २०८२ साल कात्तिक १ गते शनिबार तदनुसार १८ अक्टोबर २०२५ । द्वादशी तिथी १८ घडी १३ पला त्रयोदशी तिथी प्रारम्भ हुनेछ । पूर्व फाल्गुणी नक्षत्र २८ घडी ५६ पला उप्रान्त उत्तर फाल्गुणी नक्षत्र प्रारम्भ हुनेछ । ब्रह्म योग बयब करण आज बिहान सूर्योदय ६:०५ मा भयो भने सूर्यास्त साँझ ५:३२ मा हुनेछ। आज शनिबार चन्द्रमा सिंह राशिमा
मेष राशि
नशासम्बन्धी समस्याले सताउनाले टाउको दुख्न सक्नेछ। कार्यमा बाधा र आयमा कमी आउनेछ। व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ।
वृष राशि
आयमा वृद्धि भएर जानेछ। बोलीको प्रभाव बढेर जाने देखिन्छ। शत्रुपक्षबाट तपाईंकै जित हुनेछ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा खुशी छाउने छ।
मिथुन राशि
पराक्रम बढेर जानेछ। आफन्तको सहयोगले नयाँ कार्यको थालनी हुनेछ। आकस्मिकरुपमा धनलाभ मिल्ने योग छ । पठनपाठनमा प्राप्त सफलताले सबैको प्यारो बनिनेछ।
कर्कट राशि
आयमा कमी आउनेछ। मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएको देखिन्छ। बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको देखिन्छ।
सिंह राशि
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । प्रेमी-प्रेमिकाबीच माधुर्यता छाउनेछ। लेखन शैलीमा तीव्रता आउने योग छ। शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिनेछ ।
कन्या राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। कार्यमा बाधा आउने योग छ। झुट्टा आरोपको सामना गर्नुपर्ने योग छ। लेखनशैलीमा कमी आउने योग छ। सञ्चित धनको नाश हुने देखिन्छ ।
तुला राशि
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। आफन्तको सहयोगले मानसम्मानमा बृद्धि भएर जानेछ । लेखन शैलीमा तीव्रता आउनेछ। पठनपाठनमा सफलता पाइने योग छ।
वृश्चिक राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। आँखासम्बन्धी समस्याले सताउने देखिन्छ। मातृ स्वास्थ्यमा उतारचढाव आउनेछ। दाजुभाइमा सानोतिनो कुरामा वादविवाद बढेर जाने देखिन्छ।
धनु राशि
खर्चको मात्रा बढेर जानेछ । आर्थिक लेनदेनमा वादविवादको सामना गर्नुपर्नेछ। शत्रुपक्षबाट जोगिनुपर्ने योग छ। वैदेशिक कार्यमा बाधा हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
मकर राशि
धार्मिक कार्यमा सहभागी भइनेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। बोलीमा आएको मिठासले सबैको विश्वास जित्न सकिनेछ।
कुम्भ राशि
वैदेशिक यात्राको योग रहेको छ। लामो दुरीको भ्रमण गरिनेछ । फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ। पारिवारिक सरसहयोगले मनमा उत्साह बढेर जाने देखिन्छ ।
मीन राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्नेछ। थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्नेछ । अनावश्यकरुपमा खर्चको मात्रा बढेर जाने देखिन्छ।
प्रतिक्रिया