काठमाडौँ । आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु भएको छ। उनको शुक्रबार बिहान कीर्तिपुर वर्न हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले आज बिहान साढे ८ बजे उनको मृत्यु भएको जानकारी दिए । पौडेलले गत शनिबार संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।
शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । त्यसबेला पौडेलको ५५ प्रतिशत शरीर जलेको थियो ।
प्रतिक्रिया