• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

रहेनन् वरिष्ठ कलाकार सुनिल थापा

रहेनन् वरिष्ठ कलाकार सुनिल थापा

काठमाडौँ । नेपाली कला क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको हृदयाघातका कारण निधन भएको हाे ।

थापा लामो समयदेखि नेपाली र पछिल्ला केही वर्षदेखि भारतीय चलचित्र उद्योगमा पनि सक्रिय थिए । कला क्षेत्रमा थापा ‘राते काइँला’ को उपनामले चर्चित थिए ।

नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल उनकाे निधनले विशेषगरि नेपाली कला क्षेत्रले ठूलाे क्षति व्यहाेरेकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २४, शनिबार ०५:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP