• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

‘बाचा कसम ताेडेर’ मा साजन पराजुलीकाे दमदार अभिनय (भिडियाेसहित)

‘बाचा कसम ताेडेर’ मा साजन पराजुलीकाे दमदार अभिनय (भिडियाेसहित)

काठमाडौँ । ‘खाकाे कसम ताेड्नेलाई, के गुनासाे पाेखाैं खै रुवाउँदै छाेड्नेलाई ।’ पछिल्लाे केही दिन यता याे गीतले दर्शक र श्राेताकाे मन तानिरहेकाे छ ।

रामकुमार श्रेष्ठकाे शब्द रहेकाे याे लाेकदाेहाेरी गीतमा उद्वव घिमिरेकाे लय रहेकाे छ । यस्तै उद्वव घिमिरे, कुमार भण्डारी र शारदा रसाइलीकाे स्वर रहेकाे गीतकाे म्युजिक भिडियाेमा कलाकार साजन पराजुलीले निकै मार्मिक अभिनय गरेका छन् ।

साथमा मुस्कान, सुरज, खगेन्द्र र प्रकृतिकाे पनि अभिनय रहेकाे छ । रामकृष्ण पाण्डेले छायांकन गरेकाे गीतकाे सम्पादन तथा निर्देशन पनि साजन पराजुलीले नै गरेका छन् ।

शदिश फिल्मस प्राेडक्सनले निर्माण गरेकाे गीतकाे पाेष्ट प्राेडक्सन भने पूर्णिमा फिल्मसले गरेकाे छ । गीत रामहरि भण्डारीकाे युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे हाे । गीतकाे भिडियाे यस्ताे छः



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ६, आईतवार ०५:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP