• २०८३ असार ३१ | Wed, 15 Jul 2026

साजन पराजुलीकाे सम्पादनमा नयाँ गीत ‘यसपाली दशैंमा’ सार्वजनिक (भिडियाे)

साजन पराजुलीकाे सम्पादनमा नयाँ गीत ‘यसपाली दशैंमा’ सार्वजनिक (भिडियाे)

काठमाडौँ । पछिल्ला समय पर्व विशेष गीतहरु बजारमा आइरहेका छन् । यसैक्रममा यसअघि धेरै गीतहरुकाे निर्देशन र सम्पादन गरिसकेका साजन पराजुलीले दशैं विशेष गीतकाे सम्पादन गरेका छन् ।

गायक नारायणबाबु पाैडेल, शरण थामी, ईश्वर सापकाेटा तथा गायिकाहरु चन्द्रावती नेपाली र रमिता कार्कीकाे स्वरमा रहेकाे दशैंकाे नयाँ गीत ‘यसपाली दशैंमा’ बजारमा आएकाे छ।

ईश्वर सापकाेटा र चन्द्रावती नेपालीकाे शब्द रहेकाे गीतमा दिपकसागर तिवारीकाे लय रहेकाे छ । गीतकाे एरेन्ज सुफिक्स मदन, स्टुडियाे एरिका डिजिटल र मिस्सिङ गाेविन्द साेनीकाे रहेकाे छ ।

गीतकाे छायाँकन र सम्पादन साजन पराजुलीले गरेका छन् । गीतकाे अडियाे / भिडियाे सापकाेटा डिजिटल, पाेष्ट प्राेडक्सन पूर्णिमा क्रियशनकाे रहेकाे छ । गीतकाे भिडियाेमा मुस्कान घिमिरे, कुमार विक, रामसुन्दर थामी र माया न्याैपानले अभिनय गरेका छन् ।

 

गीतमा आमाकाे परदेशीहरु दशैंमा घर आउँदै गर्दा खुशीकाे सीमा नहुने प्रसंगलाई अति मार्मिक ढंगले उतारिएकाे छ। गीतकाे भिडियाे यस्ताे छः

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १०, शुक्रबार ०६:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP