• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

दक्षिणी मेरिल्यान्डमा नेपाली समुदायद्वारा भव्य सांस्कृतिक समारोहकाे आयाेजना

दक्षिणी मेरिल्यान्डमा नेपाली समुदायद्वारा भव्य सांस्कृतिक समारोहकाे आयाेजना

मेरिल्यान्ड (अमेरिका) । अमेरिकाको दक्षिणी मेरिल्यान्डमा बसोबास गर्ने नेपाली समुदायले शनिबार भव्य सांस्कृतिक कार्यक्रम आयोजना छन् ।

नेपाली संस्कृति, कला र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गरिएको सो कार्यक्रममा १५० भन्दा बढी नेपालीको उपस्थितिले कार्यक्रम उत्साहपूर्ण बनेको थियो।

कार्यक्रमको उद्घाटन ८४ वर्षका ज्येष्ठ नागरिक हरिनाथ बाँस्तोलाले परम्परागतरुपमा दियो बालेर गर्नुभएको थियो। त्यसपछि क्रमशः नृत्य, गीत, देउसी–भैलो लगायत १० विविध सांस्कृतिक प्रस्तुतिले मञ्च झन् जीवन्त बनेको थियो। प्रस्तुतिहरूमा सहभागी बालबालिका, युवा तथा समुदायका सदस्यहरूले नेपालीपन झल्काउने उत्कृष्ट प्रदर्शन गरेका थिए।

कार्यक्रमको मुख्य संयोजन तथा समन्वयको जिम्मेवारी मधु नेपालले साथै सन्तोष नेपाल र प्रविण श्रेष्ठले बहन गर्नुभएको थियो । मधु नेपालले अमेरिकामा रहेका नेपालीहरूबीच सांस्कृतिक एकता र पहिचान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहनुभएको छ। कार्यक्रमको सञ्चालन कृष्ण श्रेष्ठले गर्नुभएको थियो, जसले सम्पूर्ण कार्यक्रमलाई सुव्यवस्थित र आकर्षक बनाएको थियो।

कार्यक्रमसम्बन्धी जानकारी समाजसेवी तथा सक्रिय युवा दिनेश खतिवडाले दिनुभयो । उहाँका अनुसार यस्ता कार्यक्रमहरूले अमेरिकामा रहेका नेपालीहरूबीचको आपसी एकता, सांस्कृतिक सम्बन्ध र पहिचानलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ३, सोमबार १५:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP