काठमाडौं । लोकप्रिय गायक थानेश्वर गौतम र गायिका सदिक्षा कट्टेलको स्वरमा परदेशीको कथामा आधारित दशैं तिहार विशेष गीत ‘भइयो परदेशी’ म्युजिक भिडियो सार्वजनिक भएको छ।
लक्ष्मण पोखरेलको शब्द, संगीत रहेको गीतलाई रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् । नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रवर्द्धनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले गीतलाई निर्माण गरेको हो ।
स्मारिका ढकाल र सन्दिप वस्तीको अभिनय रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी तथा मीन रावलको सम्पादन रहेको छ। बैदेशिक रोजगारीमा रहेकाहरुले दशैं तिहार जस्तो चाडपर्वको बेला गाउँघरलाई सम्झिएर गरेको बिलौनाको भावलाई भिडियोमा देखाइएको छ ।
निर्देशक कृष्णदेव रुपाखेतीले भिडियोको निर्देशन गरेका हुन् । ‘भइयो परदेशी’ को म्युजिक भिडियोलाई ‘हाइटेक इन्टरटेन्टमेन्ट’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। भिडियो सार्वजनिक भएको केही घण्टामै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । हेराैं गीतकाे भिडियाेः
प्रतिक्रिया