• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक (भिडियाेसहित)

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौँ । जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक भएको छ । नृत्य प्रधान गीत ‘इन्दिरा’ मा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ । म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन् । प्रकाश खरेलले सङ्गीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेको गीत म्युजिक नेपालकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कोरियोग्राफीमा जमेका नृत्यनिर्देशक राजाराम सिम्खडाले नृत्य निर्देशनमा देखाएको कलाले दर्शकलाई स्वस्फूर्त ‘नाचौँ नाचौँ’ बनाउँछ । म्युजिक भिडियोमा सर्वाधिक रुचाइएका कलाकारद्वय विमल अधिकारी र स्मारिका ढकालको अभिनय कला र नृत्य दुवैमा कौशल खुलेको देख्न सकिन्छ । अनुभवी छायाँकार राजेश घिमिरेले छायाङ्कन गरेको म्युजिक भिडियोको सम्पादन र कलरिङ दीपक विष्टले गरेका हुन् ।

‘लगभग डेढ दशक कला क्षेत्रमा थकाई मारेर प्राध्यापन र पत्रकारितामा रमाउन र हराउन बाध्य थिएँ– प्राध्यापन कर्म छोडेपछि गीत लेखन र कम्पोजमा समय निस्कियो । तिनैमध्येको एक ‘जली’ र नृत्यप्रधान गीत हो,’ पोख्रेलले थपे, ‘गीतको पहिलो स्थायीको ‘टुक्का’ सुन्न थालेपछि दर्शक अन्तिमसम्मै सुन्न लालायित हुनुहुनेछ भन्ने मेरो विश्वास हो ।’

‘साङ्गीतिक बजारमा आइरहेका आम गीतभन्दा फरक स्वादको हुनु, ‘म्युजिक इन्डस्ट्रीका एक से एक हस्तीले गायन र अभिनय गर्न स्वीकार्नु र म्युजिक नेपाल जस्तो ‘अर्काइभ च्यानल’ ले अपलोड गर्नु नै ‘इन्दिरा’को शक्तिशाली पाटो हो ।’ पोख्रेलले भने, ‘दुईजना पात्र भट्टराई र ‘इन्दिरा (चन्द्रमा/स्मिता/बबिता/सरस्वती)’ बीचको भेटघाटपछि मिलनसम्मको कथालाई यस म्युजिक भिडियोमा समेटिएकाे छ ।’

गीता भुसाल र बाबुराम काफ्लेले उत्पादन गरेको भिडियोको निर्देशक नरेन्द्रराज भट्टराई हुन् । गीतकाे भिडियाे यस्ताे छः

 



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १३, मंगलवार ०१:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP