काठमाडाैँ । २०८२ साल कार्तिक ९ गते आइतबार । तदनुसार २६ अक्टोबर २०२५ । पञ्चमी तिथी ५० घडी १२ पला षष्ठी तिथी प्रारम्भ हुनेछ । ज्येष्ठा नक्षत्र ६ घडी ३२ पला उप्रान्त मुल नक्षत्र प्रारम्भ हुनेछ । अतिगण्ड योग बयब करण आज बिहान सूर्योदय ६:१० मा भयो भने सूर्यास्त साँझ ५:२४ मा हुनेछ ।आज शनिबार चन्द्रमा बृश्चिक राशिमा ।
मेष राशि
पराक्रम बढेर जानेछ । बोलीमा मिठास आउनेछ । शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ । नयाँ धनमाल जोडिन सक्ने सम्भावना बढेर गएको छ। काममा भएको लगनशीलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।
वृष राशि
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। अध्ययन अध्यापनमा सफलता पाइने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। मिष्ठान्न भोजनको अवसर गरिनेछ।
मिथुन राशि
व्यर्थमा झैझगडाको सामना गर्नुपर्नेछ । जागिरमा अपजसको सामना गर्नुपर्नेछ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ । आयमा कमी आउनेछ।
कर्कट राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ। मानसम्मानमा आघात पुग्नेछ। व्यवसायमा ह्रास आउनुका साथै पारिवारिक असामानजस्य कष्टता पाइनुले मनमा चिन्ता बढेर जानेछ।
सिंह राशि
लामो दूरीको यात्राको योग रहेको छ। धार्मिक कार्यमा सहभागी भइनेछ। नयाँ साथीको आगमनले काममा थप हौसला मिल्नुका साथै थप लगानी बढाइने योग छ।
कन्या राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । स्थायी सम्पत्तिमा वृद्धि भएर जानेछ । बोलीमा आएको परिवर्तनले मानसम्मान पाइने योग छ। आकस्मिकरुपमा धन लाभ मिल्नेछ।
तुला राशि
गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ। सञ्चित धनको नाश हुने देखिन्छ। स्वास्थ्यमा उतारचढाब आउनुका साथै जागिरमा अपजसको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
वृश्चिक राशि
साझेदारी काममा सफलता पाइने योग छ । लेखन शैलीमा तीव्रता हुनेछ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। स्वास्थ्यमा सुधार आउनेछ ।
धनु राशि
सवारी साधनबाट जोगिनुपर्नेछ । मानसम्मानमा आघात पुग्नेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ । धनमाल हराउन सक्नेछ।
मकर राशि
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। लेखनशैलीमा तीव्रता आउनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। आफन्तको सहयोग पाइनेछ।
कुम्भ राशि
पारिवारिक कलह बढेर जानेछ। पशु तथा चौपायाबाट केही घाटा बेहोर्नु पर्नेछ। राज्यपक्षबाट कष्टता पाइने योग छ। पैत्रिक सम्पत्तिमा केही वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ ।
मीन राशि
आयमा कमी विद्यामा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ । विश्वास गरेका साथीभाइबाट धोका पाइने स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ।
प्रतिक्रिया