• २०८३ असार ३२ | Thu, 16 Jul 2026

हिमाली क्षेत्रको पदयात्रामा निस्कँदै हुनुहुन्छ ?, मौसमबारे जानकारी लिनु हाेलाः प्राधिकरण

हिमाली क्षेत्रको पदयात्रामा निस्कँदै हुनुहुन्छ ?, मौसमबारे जानकारी लिनु हाेलाः प्राधिकरण

काठमाडौँ । हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

एक सूचना जारी गर्दै प्राधिकरणले सो क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानबारे जानकारी लिन आग्रह गरेको हो ।

‘लेक लागेर मृत्यु वा घाइते हुने दर बढ्दै गएको स्थितिमा हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान एवं सोको आधारमा यस प्राधिकरणबाट प्रकाशन गरिने पूर्व सूचना एवं अलर्टबारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न, आवश्यक पूर्व तयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन प्राधिकरण हार्दिक अपिल गर्दछ।’ प्राधिकरणले जारी गरेकाे सूचनामा भनिएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १०, सोमबार ०४:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP