• २०८३ असार ३१ | Wed, 15 Jul 2026

वैदेशिक रोजगारीका नाममा ९ लाख ८७ हजार ठगी, चार जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ९ लाख ८७ हजार ठगी, चार जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३ बस्ने स्याङ्जा चापाकोट नगरपालिका-९ घर भएका ४४ वर्षीय कृष्ण कुँवर र काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारी रहेका छन् ।

यस्तै काठमाडौँ महानगरपालिका-२६ बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-६ घर भएका ४८ वर्षीय भक्तप्रसाद मरासिनी र काठमाडौँ नागार्जुन नगरपालिका-९ बस्ने चितवन राप्ती नगरपालिका-३ घर भएका २७ वर्षीय सरल आचार्य रहेका छन् ।

पक्राउ मध्ये कृष्णले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, मनिषाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, भक्त प्रसादले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २५ हजार रूपैयाँ र सरलले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका-३ बाट, मनिषालाई काठमाडौँ कागेश्वर मनोहरा नगरपालिका-६ बाट र भक्त प्रसादलाई काठमाडौँ महानगरपालिका-१२ बाट आइतबार तथा सरललाई काठमाडौँ महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १३, मंगलवार ११:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP