सिन्धुपाल्चोक । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था सिन्धुपाल्चोकको ११ औं वार्षिक साधारण सभा शनिबार सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न भएको छ।
संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार समितिका संयोजक कृष्णप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रममा संस्थाका सचिव विदुरप्रसाद नेपालले वार्षिक प्रगति प्रतिवेदन‚ कोषाध्यक्ष शङ्करप्रसाद चापागाईंले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक अजिता थापाले सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को कार्ययोजना प्रस्तुत गर्नुका साथै संस्थाको वेवसाइट पनि सार्वजिनक गरिएको छ ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष राधाकृष्ण श्रेष्ठ‚ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति सदस्य मैया पाैडेल‚ सङ्गठनका जिल्ला अध्यक्ष कृष्णबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शिक्षकहरुद्वारा सञ्चालित जिल्लास्तरीय सहकारी संस्थामा कूल ६६४ जना शेयर सदस्यहरु रहेका छन् ।
प्रतिक्रिया