• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

मेलम्ची नगरकाे वार्षिक समीक्षाः कामहरू समयमै सम्पन्न गर्न सरोकारवालालाई नगरप्रमुखकाे आग्रह

मेलम्ची नगरकाे वार्षिक समीक्षाः कामहरू समयमै सम्पन्न गर्न सरोकारवालालाई नगरप्रमुखकाे आग्रह

मेलम्ची । मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नगरले सञ्चालन गरेका योजना तथा नीतिहरू आवश्यकता अनुसार संशोधन गर्न सकिने बताएका छन्।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले योजनाका कामहरू प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न सबै सरोकारवालालाई आग्रह गरे । उनले समृद्ध नगर निर्माणको अभियानमा सबैको एकताबद्ध सहयोग अपरिहार्य रहेको बताए ।

कार्यक्रममा उप–प्रमुख उमा प्रधानले नगरका योजनाको अनुगमन पक्षलाई व्यवस्थित ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले नगरले सञ्चालन गर्ने कार्यक्रमहरू दीगो र उपलब्धिमूलक हुनुपर्नेमा जोड दिइन् ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले अघिल्लो आर्थिक वर्षमा नगरले सम्पादन गरेका कार्य, उपलब्धी, समस्या र समाधानका विषयमा विस्तृत प्रस्तुतिकरण गरे ।
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नगेन्द्रप्रसाद खतिवडाले वडास्तरबाट गरेका कामको अनुभव आदानप्रदान गर्नुका साथै सुधार गर्नुपर्ने पक्षको विषयमा सुझाव दिए । साथै, नगर क्षेत्रभित्र क्रियाशील गैरसरकारी संस्थाहरूले पनि आफ्ना-आफ्ना परियोजनाको कार्य प्रगति तथा उपलब्धीहरूको प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रमले नगरपालिकाको नीति, योजना र कार्यान्वयन प्रक्रियालाई अझ पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य लिएको जनाइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २५, मंगलवार १२:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP