• २०८३ असार ३२ | Thu, 16 Jul 2026

वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने सिन्धुपाल्चोकका दुई जना पक्राउ

वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने सिन्धुपाल्चोकका दुई जना पक्राउ

काठमाडौँ । वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भएका २२ वर्षीय आदर्श तिमल्सिना र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ घर भएका ३४ वर्षीय आशिष खोखाली रहेका छन् ।

पक्राउ परेका मध्ये आदर्शले युके पठाइदिन्छु भन्दै १ जनाबाट ३० लाख ५० हजार रूपैयाँ र आशिषले ११ लाख ५० हजार रूपैयाँ लिई फरार भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टाेलीले काठमाडौं महानगरपालिका-१२ बाट आदर्शलाई आइतबार र आशिषलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २, मंगलवार १४:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP