धुलिखेल । आजदेखि बीपी राजमार्गमा २४ सै घण्टा सवारी साधन सञ्चालन हुने भएकाे छ।
चाडपर्वलाई लक्षित गर्दै सुरक्षा सतर्कता अपनाउँदै सवारी सञ्चालन गर्न दिइने जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चाेककाे बैठकले निर्णय गरेकाे हाे ।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै यसकाे जानकारी दिनुभएकाे हाे । यसअघि वर्षायाममा हुने बाढी र पहिराेकाे जाेखिमलाई मध्यनजर गर्दै भदाै ३० गतेसम्म यहाँ साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म निजी तथा सार्वजनिक सवारी सञ्चालन निषेध गरिएकाेमा साे निर्णयकाे अवधि सकिएकाे छ ।
गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्ग अन्तर्गत काभ्रेको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो ।
बाढीपहिरोले राजमार्गको कूल १६० किलाेमिटरमध्ये तेस्रो खण्ड अन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा क्षति पुर्याएको थियो ।
Facebook VideoLoading video...
प्रतिक्रिया